Aamsanchar

म्यादी प्रहरी बन्ने सपना देख्नेहरु झापा जिल्ला प्रहरी कार्यालय अगाडी

Author Image
आइतवार, चैत १३, २०७८

झापा स्थित जिल्ला प्रहरी कार्यालय अगाडी म्यादी प्रहरी बन्ने प्रक्रियाका लागि लामवद्ध रहेका युवाहरु । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड–२०७८’मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो । डेढदेखि २ महिनासम्म भर्ना गरिने म्यादीलाई प्रहरी जवानसरह मासिक तलब, रासन, पोसाक र दैनिक खाजा खर्च उपलब्ध गराउने अभ्यास छ । दुई महिनाका लागि भर्ना गर्दा एक जना जवानको मासिक तलब करिब २३ हजार रुपैयाँका दरले साढे ४ अर्ब रुपैयाँ खर्च हुन्छ । रासन भत्ता जिल्लाअनुसार फरक हुनेछ । उपत्यकामा कार्यरत प्रहरीले रासनबापत प्रतिमहिना करिब ५ हजार ५ सय पाउँछन् । एकसरो पोसाकबापतको भत्ता छुट्टै उपलब्ध गराउनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 595

प्रतिक्रिया (०)

सम्बन्धित खबर