Aamsanchar

पहुँच नपुग्दा बुद्धशान्तिका भुर्तेल परिवार घरबाट विस्थावित

Author Image
सोमवार, चैत २१, २०७८

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्ने चिया कमानका तेजराज भुर्तेलको परिवार विगत सात महिना देखि घरबाट विस्थावित बनेका छन् ।
गत भदौ महिनामा घर देखि ५० मिटर उत्तर सडक क्षेत्रमा रहेको पिपलको रुख हावापानीका कारण ढलेपछि नजिकै रहेको विजुलीको पोलसहित तार घरको छानोमा खस्दा भुर्तेल परिवारले घरबाट विस्थावित बन्नु परेको हो ।

आँगन र घर पस्ने बाटो समेत बन्द हुनेगरी ढलेको विजुली पोललाई स्थानिय सरकारले हटाई दिन्छ भन्ने आसा राखेर बुद्धशान्ति गाउँपालिकामा निवेदन पेशगरे, जानकारी गराए तर आजसम्म पालिका वा सम्वन्धित निकायले चासो दिएका छैनन् । समस्या समाधान गर्न कहिले कोे आउलान भनेर बाटो हेर्दैमा दैनिकजसो भुर्तेल परिवारको आखाँ टहलाउने गरेको छ । हाल आफूले गर्दै आएको चिया दोकान घुम्तीमा भुर्तेल परिवारका सदस्यहरु रात कटन बाध्य बनेका छन् ।

आफ्नो घरमा दुईवटा विजुलीको पोल र छिमेकीको छानामा तार लर्तेको छ । समस्यालाई समाधान गरिदिन गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, वडाध्यक्ष, सामाजिक अगुवा र नेताहरुलाई पटक पटक भन्दा र आग्रह गर्दा कुनै चासो नदेखाएको भन्दै भुर्तेलले आफ्नो पिडा आमसंचार समक्ष पोखेका छन् ।

भुर्तेत भन्छन्, ‘म गरिव परे चिया बगानको मजदुर, मेरो समस्या अध्यक्षले किन सुन्छन् यदी म धनी भएको थिए भने यो समस्या तुरुन्त समाधान गरिदिने थिए । म वहाँहरुलाई पैसा दिन सक्दिन त्यसैले समस्या बारे स्थानिय सरकारका प्रमुखलगायतले पोल हटाउन चासो देखाएनन ।’

विगत २८ बर्ष देखि चिया कमनाको एक कठ्ठा जमिनमा स्थायी बसोबास गर्दै आएका भुर्तेलको घरमा भदौ महिनामा विजुली पोल खसेपछि स्थानिय सरकार प्रमुख रमेशकुमार भुजेलले तत्काल स्थलगत अवलोकन पनि गरेका थिए । सो समयमा भुर्तेलको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएर फर्किएका भुजेलले यतीको लामो समय सम्म समस्या समाधानको लागि चासो नदेखाएको भन्दै भुर्तेलले दुखेको पोखेका छन् । आफ्नो पहुँच पुग्ने पालिकामा कुरा राखे अरुतिर मेरो महुँच पुग्दैन म कसो गरौं भन्दै भुर्तेल भाभुक बन्ने गरेका छन् ।

पालिका प्रमुख भुजेललाई आमसंचारले प्रश्न गर्दै तपाईले ढलेको पोल हटाउन के कस्तो पहल गर्नु भयो ? किन यतीका दिन सम्म पोल हटाउन सकिएन ? भनेर गरेको प्रश्नमा पालिका प्रमुख भुजेलले भने ‘ ३३ हजार केभी प्रसारण लाईनलाई गाउँपालिकाले छुन पनि नपाउने कानुन रहेको छ । इलाम जिल्ला अन्तरगतको प्रसारण लाईन भएकाले हामिले इलाम विद्युत प्राधिकरणलाई पोल हटाईदिन पत्र पठाएका छौं, तर पत्रको सुनुवाई भएको छैन, भोली फेरी इलाम प्राधिकरणमा फोन गरेर पोल हटाउन पहल गर्ने छु ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
4
+1
2
+1
0
+1
1
+1
5
+1
17
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर