Aamsanchar

नयाँबजारमा गणेशको प्रतिमा राख्न शिलान्यास

Author Image
बुधवार, चैत २३, २०७८

 

 माईजोगमाई ।  इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि आज शिलान्यास भएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही ठाउँमा निर्माण गरि राखिने भएको हो । माईजोगमाई गाउँपालिका नयाँबजारका युवा तथा व्यवसायी मुकेश भण्डारीले उक्त गणेशको प्रतिमा आफ्नै लगानीमा राख्ने बताएका छन ।

उक्त मुर्ती निर्माण भइसकेर काम सम्पन्न हुँदा करिब १६ लाख भन्दा माथी खर्च हुने अनुमान गरिएको छ । सो गणेशको प्रतिमा लगभग नेपालकै अग्लो हुने समेत भण्डारीले दाबी गरेका छन । हाल राजधानी काठमाडौ बस्दै आएका भण्डारीले आफु जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउन पनि आफुले गणेशको प्रतिमा आफ्नै खर्चमा बनाउन लागेको बताए ।

आफू काठमाण्डौमै रहने हुँदा सम्पूर्ण काम दुर्गा मन्दिर व्यवस्थापन समितिले हेर्ने भण्डारीले बताए । मंगल चतुर्थिको शुभ अवसर पारेर आज प्रतिमा राख्ने शुभसाइत गरेर शिलान्यास गरिएको दुर्गा मन्दिर व्यवस्थापन समिती अध्यक्ष मिङमा तामाङले बताए । शिलान्यास कार्यक्रम माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मी मन्दिर व्यवस्थापन समिती अध्यक्ष मिङमा तामाङ्ग विभिन्न सामाजिक व्यक्तीहरु स्थानियबासीहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले मन्दिरको बाहिरी व्यवस्थापन तथा मन्दिर क्षेत्र भित्रका पुर्वाधार बिकासका लागि गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने बताए । उक्त दुर्गा मन्दिरको उद्घाटन केही बर्ष पहिले भएको हो भने नयाँबजारमै यलम्बरको र हाब्रे (रेडपाण्डा) को प्रतिमा समेत निर्माण भएसकेको छ यस्ले पर्यटन तथा धार्मिक हिसाबले टेवा पुग्ने समेत देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर