Aamsanchar

कनकाईमा ८ करोड ४८ लाख भन्दा धेरै लगानीमा तिन वटा भौतिक निर्माणको उद्घाटन

Author Image
बुधवार, चैत २३, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकामा एकै दिन २ घण्टाको समय अवधी भित्र चारवटा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार (आज) विहान ८ः३० देखि १०ः३० बजेको समयमा नगरपालिकाको प्रशासनिक भवन, विद्युतिय कर भुक्तानी सेवा, खुल्ला व्यामशालाको उद्घाटन र कनकाई बन्द निषेधित अंकित प्रतिमा अनावरण गरिएको हो ।

कनकाई नगरपालिका को दुई तल्ले प्रसाशनिक भवन, विद्युतिय कर भुक्तानी सेवा, सुरुंगा बजारमा निर्माण गरिएको बन्द निषेधित स्तम्भ, खुल्ला व्यामशालाको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका छन् ।
प्रसाशनिक भवन उद्घाटन कार्यक्रममा नगरपालिको भवनको लागि ६ कठ्ठा १० धुर जग्गा दान गर्ने सिटौला परिवारका सदस्य दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने दाताहरुमा कनकाई–१ निवासी मातृकाप्रसाद, अञ्जना, उमाप्रसाद, सीतादेवी, भवानीशंकर, दिपा, हेमन्त, शान्ता, प्रशान्त, आरजु, रेनुशंकर, गंगा, सिटौला,कोमल, ऋचा,पारस,सन्जना सिटौला रहेका छन् । त्यसैगरी २ कठ्ठा जग्गा दान गर्ने स्थानिय ओली परिवारका सदस्य दाताहरु शरदकुमार, मेनुका, शान्ता,झलेन्द्रकुमार, उर्मिला, शिला, दिव्या ओलीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । दाताहरुलाई नगरप्रमुख पोखरेल, उप–प्रमुख मञ्जु प्रसाईं, कार्यकारी प्रमुख मोहनप्रसाद न्यौपानेलगायतले सम्मान गरेका थिए ।

त्यसैगरी मेयर पोखरेलले नगरपालिकाले सुरु गरेको स्मार्ट सेवा अन्र्तरगत विद्युतिय कर भूक्तानी सेवाको पनि शुभारम्भ भएको घोषणा गरेका छन् । आगामी दिनमा नगरका दैनिक कामकाज पूर्ण प्रविधीमैत्री बन्नु पर्ने मा पोखरेलले जोड दिए ।
५ वटा विभिन्न एप प्रयोग गर्न सकिने विद्युतिय कर भूक्तानी सेवा नेपालमै पहिलो पटक स्थानिय सरकारले प्रयोगमा ल्याउने कनकाई नगरपालिका पहिलो बनेको पालिकाका सुचना प्रविधी अधिकृत खगेन्द्र मिश्रले दावी गरेका छन् ।

विभिन्न कालखण्डमा राजनीतिक आन्दोल, हड्तालको चरम चपेटामा देश नै परेको बेला झापाको सुरुंगामा भने स्थानीय नागरिक र दलका नेताको एकता र समजदारीमा सुरुंगा बजारलाई बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणाका कारण सुरुंगाको परिचय देशव्यापी बन्न पुगेको छ । पछि कनकाई नगरपालिका घोषणा भएपछि तिनै सचेत नागरिक र दलका नेताहरुले सिंगो कनकाईलाई नै बन्द निषेधित क्षेत्र बनाए, हाल सम्म त्यो प्रतिवद्धता कामय रहेको छ । बन्द निषेधित क्षेत्र कनकाईको एक परिचय बनेकोले आगामी दिनमामा पनियो बन्द निषेधित अभियानलार्ई निरन्तरता दिने र ईतिहास राख्ने उदेश्यले सुरुंगा बजार पस्चिम बस बिसौनी दक्षिणमा कनकाई बन्द निषेधित क्षेत्रको सांकेतिक एउटै ढुङगाको ६ फिट भन्दा अग्लो स्तम्भ बनाईएको छ ।
विगत दुईबर्ष देखि बनाउन सुरु गरिएको स्तम्भ हाल तयार भएकाले आजै नगर प्रमुखको बाहुलीबाट अनावरण गरिएको हो । त्यसैगरी स्तम्भ परिसरमा खुल्ला व्यामशालाको पनि नगर प्रमुख पोखरेलले उद्घाटन गरेका छन् ।

स्तम्भ र व्यामशाला निर्माणको लागि नगरपालिकाले छुट्टै समिति बनाएको थियो । उक्त समितिको अध्यक्षमा मौसम श्रेष्ठ, सचिव नमिता बस्नेत काफ्ले, कोषाध्यक्ष राधिका ओली कडरिया, सदस्यहरुमा अर्जुनकुमार बिमली, मिलन खरेल, ऋषि राई र गणेशप्रसाद पोखरेल रहेका थिए ।
बन्द निषेधित स्तम्भको परिकल्पना र कलाकारिता स्थानिय मुर्तिकार हिम्मत नेङवाङ्ले गरेका हुन् । प्रतिमा राख्नको लागि इन्जिनियरिङको काम इन्जिनियर विशाल थेवेले गरेका हुन् ।
विभिन्न श्रोत, आन्तरिक श्रोतबाट नगरपालिकाको प्रशासनिक भवनमा ८ करोड २६ लाख २० हजार, खुल्ला व्यामशालामा १० लाख र बन्द निषेधित प्रतिमाको फाउण्डेशनसहित १२ लाख ३१ हजार रुपैंया बजेट खर्च भएको बताईएको छ ।

नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा जग्गा दाताहरुको तर्फबाट लक्ष्मीप्रसाद ओली, राप्रपा कनकाई नगर सचिव भुपेन्द्र दाहाल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, विवेकशिल साझा पार्टीका कनकाई नगर अध्यक्ष भिम अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन नगरका प्रवक्ता गोविन्द पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर