Aamsanchar

अनुमती पत्र नभएका चालकको हेपाई र प्रहरीको ढिलासुस्तीले चारपानेका साह परिवार विचल्लीमा

Author Image
आइतवार, वैशाख ११, २०७९

अस्पतालमा उपचार्थ शहदेव ।

झापा । झापाको विर्तामोड–२, चारपानेका एक परिवारको विल्लिबाठ भएको छ । २०७८ चैत्र ४ गते देखि चारपाने चोक फुटपाथमा फलफूल बिक्रीगर्दै गुजरा चलाउदै आएका साह परिवार विचल्लीमा परेका छन् ।

गत चैत ३ गते चारपाने चोक चौबाटोमा राती १० बजेको समयमा चालक  अनिल बुढाथोकीले चलाएको मोटरसाईकलले साहका छोरा सहदेव साहलाई ठक्कर दिएर सक्त घाईते बनाए पछि छोराको उपचार लाग्दा र दुर्घटना गराउने बुढाथोकीबाट उपचार खर्च लिन नसकेर यती बेला साह परिवार आर्थिक संगै मानसिक, पारिवारिक पिडामा छटपटाई रहेको छ ।

छोरालाई मोटरसाइकलले हाने देखि फुटपाथको फलफूल पसल बन्द गरेर कानुनी न्यायको लागि साह परिवार स्थानिय सरकार देखि प्रहरी कार्यालय, जिल्ला प्रसाशन सम्म धाउदा धाउदै थाकीसकेका छन् । आर्थिक, सामाजिक पहँच नहुनु र बोलीदिने भनिदिने मान्छेको साथ नपाउदा साह परिवारले भोग्नु परेको पिडाले राज्यमा न्याय हराएको आभाष भईरहेको छिमेकीहरु बताउछन् ।
पिडित परिवारका सदस्यहरु भन्छन् ‘धनी र पहुँचवालमा घटना घटेको भए यस्तो समस्या भोग्नु पर्दैन थियो होला, गरिबको समस्या बुझिदिने न सरकार भयो न प्रहरी, प्रसाशन ।’

घाईते सहदेवकी आमा मिनादेवि साहले चैत्र ४ गते नै इलाका प्रहरी कार्यालय अनारमनीमा दुर्घटना गराउने  चालक बुढाथोकीको सवारी चलाउने अनुमती पत्र पनि नभएको हुँदा आवस्यक कार्वाही र लु ८१ प ४१६ नं. को मोटरसाईकल नियन्त्रणमा लिएर छोराको औषधि उपचारमा लाग्ने सम्पूर्ण रकम दिलाई पाउँ भनेर निवेदन दिएकी छन् ।

त्यस्तै बिर्तामोड नगरपालिका, जिल्ला प्रसाशन कार्यालय झापामा पनि मिनाले निवेदन दिएकी छन् । तर निवेदन उपर कुनै पनि ठोस कार्वाही नभएको र उपचार खर्च नपाएको भन्दै आमा मिनादेवी रुदै चारपाने स्थित नागरिक समाज समक्षा आफूलाई न्याय दिलाईदिन भन्दै पुग्न थालेको स्थानिय गोमा सुब्बाले बताइन् ।
मोटरसाईकलको ठक्करबाट सहदेवको कलेजो तिन टुक्रा भएको, आन्द्रा दोब्रिएको, खुट्टा भाचिएको र अनुहार र घाटीमा पनि गम्भिर चोट लागेको आमा मिनाले आमसंचारलाई बताईन् । उनका अनुसार हाल सम्म कलेजो, आन्द्रा र खुट्टाको अप्रेसन भई सकेको अब अनुहार र घाटीको अप्रेसन गर्नु पर्ने भएको छ ।
हाल सम्ममा साह परिवारले फलफूल पसलको पुँजीे २ लाख रुपैया उपचारमा खर्च गरिसकेको छ । अब उनिहरुबाट अरु खर्च जुटाने कुरा त परै जावोस् घर चलाउन सम्म सक्ने अवस्था छैन् । पुँजी सकिएपछि पसल पनि बन्द गरेका छन् ।

साह परिवारको बन्द भएको फलफूल पसल ।

अस्पतालले तत्काल ७ लाख रुपैंया मागेको छ, रकम जम्मा नभए उपचार नहुने भनेको छ । मृत्युकोे मुखबाट फर्किएको छोरालाई डाक्टरले बचाएकोमा आमा मिनादेवी खुसी छन् । तर छोरालाई बाकी उपचार कसरी गर्ने र घर ल्याउने भनेर चिन्ता यथावतै रहेको छ । सबैले सहयोग गरिदिन आमा मिनादेवीले अनुरोध पनि गरेकी छन् ।
‘उता साईसेन्स नभएका चालक शुनिल बुढाथोकी कानुनी दायरा भन्दा बाहिरै रहेका छन् । प्रहरीले किन कार्वाही र उपचार खर्च दिलाई दिदैन रु उपचार खर्च दिलाईदिन पटक पटक प्रहरी कार्यालय धाउदा हाम्रो समस्याबारे सुनवाई नै हुदैन । झन सहयोग गर्नु पर्ने प्रहरीले उल्टै हप्काउने गरेको छ’ पिडितकी आमा मिनाले बताईन् ।

सुरुवाती दिनमा पटक पटक गरेर दुर्घटना गराउने पक्षले ३ लाख जती रकम अस्पतालमा उपलब्ध गराएको थियो त्यसपछी सम्पर्कमा नआएकोे, फोन पनि उठाउन छोडेकोले पिडक बुढाथोकीलाई कानुनी दायरामा ल्याएर न्याय दिलाईदिन प्रहरी समक्ष घाईते साहकी आमा मिनादेवीले प्रसाशन समक्ष आग्रह गरेकी छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदन प्रतिलिपी।

जिल्ला प्रसाशन कार्यालय चन्द्रगढीमा दिएको निवेदन प्रतिलिपी ।

विर्तामोड नगरपालिकामा आर्थिक सहयोगको लागि दिएको निवेदनको प्रतिलिपी ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
1
Views: 1021

प्रतिक्रिया (०)

सम्बन्धित खबर