Aamsanchar

उमेर घटाउन भन्दै आफ्नै पिसाब पिउँदा …

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

एजेन्सी – इङ्ग्ल्याण्डमा आफ्नो उमेर घटाउन भन्दै वर्षौंदेखि ह्यारी मटादीनले दैनिक रुपमा पिसाब पिउँदा सबै चकित भएका छन ।

ह्यारीले सन् २०१६ देखि पिसाब पिउन थालेको बताएका छन । इङ्ग्ल्याण्डको ह्याम्पशायर निवासी ३४ वर्षीया ह्यारीले पिसाब पिएर आफ्नो उमेर कम गरेको दावी गरेका छन । उनले प्रत्येक दिन आफ्नो पिसाब पिउने गरेका कारण उनी आफ्नो उमेर भन्दा १० वर्ष कान्छो देखिने गरेको र आफू तनावबाट समेत मुक्त भएको बताएका छन । उनको यो विचित्रको अभ्यासले आफूलाई तनावबाट मुक्त गरेको र उमेर भन्दा कान्छो देखिएको समेत दावी गरेका छन ।न्युयोर्क पोस्टका अनुसार ह्यारीले युरिन थेरापी सुरु गरेपछि शान्त र दृढताको नयाँ अनुभूति भएको बताएका छन । उनले अरूलाई पनि युरिन थेरापी गर्ने सल्लाह समेत दिएका छन । प्रत्येक दिन २ सय मिलीलिटर आफ्नो पिसाब पिउने ह्यारीले बताएका छन । उनले दैनिक पिउने पिसाबमा प्राय महिनौ पुरानो पिसाब पनि हुन्छ ।

तर पनि उनले आफ्नो पिसाब सुपर क्लिन र नराम्रो स्वाद नरहेको दावी गरेका छन । उनले पिसाबलाई पिउन मात्र नभएर आफ्नो अनुहारमा मसाज गर्नका लागि पनि प्रयोग गर्ने समेत गरेका छन । जसका कारण युवा अवस्थामा आएको विश्वास समेत उनले गरेका छन । तर, ह्यारी मटादीनकाे यस्ताे खराब बानीलाई उनका परिवारले भने कुनै सर्मथन गरेका छैनन् ।

डाक्टरका अनुसार पिसाब पिउनु निकै नराम्रो हुन्छ । चिकित्सा विज्ञानले पिसाब पिउने वा अनुहारमा लगाउनाले स्वास्थ्यलाई फाइदा हुने कुनै प्रमाण नभएको बताएको छ । साथै बेलायतका डाक्टर जेफ फोस्टरले पिसाब पिउनु धेरै नराम्रो भएको समेत बताएका छन । डाक्टर फोस्टरका अनुसार पिसाब पिउदा शरीरमा निर्जलीकरण बढाउन सक्छ र ब्याक्टेरिया पनि बनाउन सक्छ ।

पिसाब एक अपशिष्ट उत्पादन हो, जसमा करिब ९० प्रतिशत पानीका साथै अमोनिया, लवण, ब्याक्टेरिया र अन्य फोहोरहरु समेत उत्पादन हुन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर