Aamsanchar

अव धरान र केन्द्रिय सरकार जोडिदैछ : कार्की

Author Image
सोमवार, वैशाख २६, २०७९

स्थानीय निर्वाचनको विषयलाई लिएर नेकपा एमाले १ नंबर प्रदेश कमिटी सदस्य एवं निर्वाचन प्रचार प्रसार समिति धरानको संयोजक किशोरकुमार कार्कीलाई समसामयिक विषयमा सोधिएका ९ प्रश्न ?
१, नेकपा एमालेको उमेरद्धारलाई जिताउन धरानको चुनाबी माहौल कस्तो छ ?
. धरानको सन्दर्भमा माहौल एकदमै राम्रो छ । बिचमा विभिन्न खालका भ्रमका कुराहरु आएता पनि माहौल एकदमै राम्रो छ । नेकपा एमाले एग्रेसिभ हिसाबले, तीब्र प्रभावी हिसाबले आफनो उमेरद्धारलाई जिताउनको लागि पार्टीको एजेण्डा, प्रतिवद्धता पत्र लिएर, विगतमा उठेका विभिन्न भ्रम, अनैयताका कुराहरुलाई समेत चिर्दै, ती कुराहरुलाई प्रस्ट पार्दै नेकपा एमाले अहिले घरदैलो अभियानको क्रममा छ । र घरदैलो अभियानमा हिड्दा एकदमै सकारात्मक तरिकाको कुराहरु आई रहेकोले अहिलेको माहौल समग्रमा भन्ने हो भने मुलुकै भरि एमालेको जनलहर जसरी आई रहेको छ, धरानमा पनि त्यसैगरी आईरहेको छ । त्यस कारण नेकपा एमालेको जित सुनिश्चित छ ।

२, माहौल राम्रो छ त भन्नु भयो कसरी ? 
– माहौलको कुरा र जनताले कसरी हेरिरहेका छन् भन्ने सन्दर्भको कुरा गर्नु पर्दा ३–४ वटा तथ्यहरु छन् । पहिलो कुरा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी प्रधानमन्त्री भएर नेतृत्व गर्नु हुँदा वहाँले अघि सार्नु भएको आफनो गाँउ आफै बनाउ, वृद्धाभत्ता, सामाजिक सुरक्षाको कुरा देखि लिएर, भत्ताहरुको कुराहरु, बिकास निर्माणका कुराहरुलगायत त्यो एउटा तथ्य भयो । केपी ओली प्रधानमन्त्री भए पछि भारतसँगको नाका बन्दी राष्ट्रियतको नाममा सार्वभौम सत्ताको सवालमा मुलुकको सार्वभौम सत्ता कसैको ठुलो र सानो भन्ने हुदैन । भन्ने वहाँको उक्तिका आधारमा भारतसँग एक हिसाबको नाकाबन्दीको विषयमा लडेको विषयमा र त्यसका बिरुद्धमा चीनसँग गरेको पारबहन सम्बन्ध सम्बन्धी नेपाल भुपरिवेष्टित हैन, भुजडित मुलुक हो । र अन्तराष्ट्रिय स्तरमा अन्तराष्ट्रिय कानुनका आधारमा भन्ने हो भने मुलुक कहिले भुपरिवेष्टित हुदैन उसले कुनै न कुनै रुपको सामुन्द्रिक मार्ग या हवाई मार्ग या स्थलमार्ग प्रयोग गर्न पाउने अन्तराष्ट्रिय कानुनी आधारको पहिचान गराउने र सम्झना गराउने काम नेकपा एमालेको सरकारले गर्यो । यी यस्ता तथ्यहरुले महिलाको हकमा, मजदुरको हकमा नेकपा एमालेले सुकुम्बासीको हकमा अगाडी सारेका अवधारणा र आई सकेको लालपुर्जा समेत नेपाली काग्रेसको नेतृत्वमा स्थापित सरकार आईसके पछि सुकुम्बासीलाई बितरण गर्न लागिएको लालपुर्जा अहिले रोकिएको अवस्था छ । त्यसले गर्दा यी यस्ता थुपै तथ्यहरुको कारणले गाउँ गाउँमा, टोलटोलमा, घरघरमा समेत छलफल भई रहेको अवस्था छ। त्यसले गर्दा अब नेकपा एमाले नै हो हाम्रो लागि गर्ने भन्ने जन–जनले, मतदाताहरुले भन्नु भएको छ । चाहे महिलाको कुरा गर्नुस्, चाहे मजदुरको गर्नुस्, चाहे वृद्ध–वद्धाको कुरा गर्नुस्, चाहे जुनसुकै पेशा, वर्ग र तहतप्काको कुरा गर्नुस् । सबैले नेकपा एमालेलाई यसपालाई जिताउनुपर्छ । भन्ने नेकपा एमालेको लहर आएको छ । नेकपा एमालेको विजय निश्चित छ भने धरानका मतदाताहरु लागिरहनु भएको छ।

३,स्थानिय स्तरमा जनतालाई राष्ट्रियताको विषयमा भन्दा पनि हामीलाई एमालेको जनप्रतिनिधीले विजयी भएर गए पछि के गरे त ? धराने जनताले के पाए ?
– धरानमा नेकपा एमालेबाट उमेरद्धार बनेका तारा सुब्बाले मेयरमा जितेर गए पछि तारा सुब्बाको नेतृत्वमा धेरै कामहरु भएका छन् । सडक, पुलपुलेसाहरु माननीय जयकुमार राईबाट आएका बजेटबाट सात–आठवटा पुलहरु बनिएका छन्। अर्को नडा देखिको धरानको सेउती जोड्ने सडक बनाउनका लागि बजेट छुट्एिको छ । धेरै ठाउँमा बिकासको कार्यक्रम सुरु भएको छ । हामीलाई कस्तो नेतृत्वको आवश्यकता छ भने सिधै केन्द्रिय सरकारसँग पहुच हुने खालको नेतृत्वको खाचो छ। जसको एउटा उदाहरणको लागि पहिले देखिको बस पार्कको अल्झिएर बसेको मुद्धा अब अहिले अगाडी बढेको छ । जब अहिलेका मेयरको उमेरद्धार मन्जु भण्डारी कार्यबाहक मेयर बन्नु भयो त्यहाँ देखिको बसपार्कले मुर्त रुप लिएको छ। केन्द्रिय सरकारबाट बजेट ल्याएर अहिले बसपार्क निर्माणाधीन अवस्थामा छ । त्यसले गर्दा खेरी बिकास निर्माणका चरणहरु अगाडी बढिरहेको अवस्था छ । मात्र एउटा दुखेसो धरान नगरबासीको खानेपानीको विषयमा छ । खानेपानीको मात्रै दुखेसो अरु कुरा केहिको दुखेसो छैन । तर खानेपानीको समस्या के हो भने खानेपानीमा जतिपनि बजेटहरु खर्च गरियो त्यो बजेटका आधारमा पोईन्टहरु निर्माणहरु गरिए, पाईपहरु जडान गरिए तर पानी बितरणमा समस्या भएको छ । खानेपानी बितरण बैज्ञानिक र व्यवस्थित भएन । त्यहि वितरण प्रणाली व्यवस्थीत नभएकाले कमजोर वितरण प्रणालीको कारणले समस्या भएको हो । अब एमालेको नेतृत्वमा सरकार बन्नु वित्तिकै खानेपानी आयोजना नयाँ व्यवस्थापनमा जानुपर्छ पर्छ । र व्यवस्थापन गर्न सक्ने, प्रशासनिक शासन चलाउन सक्ने खालको मान्छे गएर त्यो व्यवस्थापन संचालन गरिसके पछि मात्र खानेपानी बितरण व्यवस्थीत हुन्छ । एउटा बैज्ञानिक आधारमा बैज्ञानिक तरिकाबाट बितरण गर्यो भने धरानने जनताको केहि पनि गुनासो हुदैन ।

४, गठबन्धनको उमेरद्धार एक तिर र यहाँहरु एक्लै एक तिर हुनु हुन्छ ।सबैलाई चासो छ, चुनाबी परिणामको बारेमा अब के होला भन्ने छ । त्यस कारण नेकपा एमालेका उमेरद्धारले जित्छन् भन्ने आधारहरु के–के छन् ?
– यहाँले उठाउनु भएको प्रश्न एकदमै सान्दर्भिक, समय, परिस्थिति अन्तरगतरको प्रश्न राख्नु भएको छ । गठबन्धन–गठबन्धन भनेर एउटा हउवाको रुपमा अगाडी सारिएको छ । तर त्यो केहि पनि हैन । किन हैन भन्दा खेरीे गठबन्धनले जित्ने आधार चाहि के देख्नु हुन्छ त भन्ने पनि मेरो प्रश्न रहन्छ । धेरै पार्टीहरु मिल्यो भन्नु वित्तिकै गठबन्धनको विजय निश्चित भई हाल्छ भन्ने आधार हुदैन । दुई चार ठाँउमा कुरा आएको छ । जहिले देखि नेपालमा राजनीतिक हिसाबले स्वतन्त्रता गर्यौ । बि.स.२००७ सालको कुरा, २०१५ साल, २०४६ साल, २०६२–२०६३ साल पछिको कुरा गर्नुस् । ती सबै राजनीतिक स्वतन्त्रता प्राप्त गर्ने सवालमा स्थानिय शासन प्रणाली होस् वा केन्द्रिय शासन प्रणालीमा अहिले सम्म मतदाताहरुले भोट दिने रुखमा भोट हाल्दै आएका कांग्रेसको मतदाताहरु हसिया हतौडामा कसरी हाल्नु भन्ने गरेको छ ? अवस्था छ । क्रान्तिकारी कमरेड महिला, पुरुषहरु अहिले के भनिरहनु भएको छ भने त्यो रुखमा कसरी हाल्नु हौ कांग्रेसीहरुलाई भोट ? भनेको कुरा सुन्नमा आएको छ। त्यो गठबन्धनको उदेश्य ठिक छ र? एउटा पुँजीबादी बाटोबाट हिडिरहेको छ, अर्को समाजबादी बाटोबाट हिडिरहेको यो अवस्था छ। कुकुर र बिरालो कहिले पनि मिल्दैन भने जस्तै गठबन्धनले पनि नेपाली कांग्रेसको एउटा उदेश्य छ, एउटा समाजबादी राजनीतिक दर्शन छ, अनि माओबादीको अर्को छ । अनि अर्को नेकपा एसको अर्को राजनीतिक दर्शन छ । यी दर्शनहरुलाई एकै ठाउँमा मिसाउदा त्यो खिचडी बन्छ र कहि पनि पुगिदैन । उनीहरुले राजनीतिक उदेश्य, सिद्धान्त र दर्शन एकै ठाँउमा ल्याएर खिचडी बनाएको छन् । उनीहरुको गन्तव्य समाजबादी हो कि? पुँजीबादी गन्तव्य हो? कि भन्ने निक्यौल छैन । त्यसैले गर्दा अहिले गठबन्धनकाहरु नै मतदान गर्ने विषयमा एकअर्कामा अन्यौलमा छन्। त्यसैले त्यो गठबन्धनबाट नेकपा एमालेलाइ केहि असर पर्दैन । नेकपा एमाले आफनै उदेश्य, सिद्धान्त र दर्शन बोकेर राष्ट्र र राष्ट्रियताको सवाल या स्थानिय सरकार या मजदुरको सवालमा, महिलाको सवालमा, वृद्ध–वद्धा, पर्यटन र हरेकको बिकास निर्माण पूर्वाधारको कुराहरुको सन्दर्भमा नेकपा एमालेले अंगिकार गरेको कुराहरु जुन एजेन्डाको आधारमा नेकपा एमालेले विजय निश्चित गर्छ । गठबन्धको हउवामा हामी लाग्न जरुरी छैन ।

५) तपाई नेकपा एमाले धरानको निर्वाचन प्रचार प्रसार समिति धरानको संयोजक हुनु हुन्छ, प्रचार प्रसारको काम कसरी अगाडी बढाई रहनु भएको छ?
– प्रचारको काम सामान्य हिसाबले बढेको छ । जनताको घरदैलोमा नेकपा एमालेको एजेण्डाहरु पुर्याउने काम भएको छ । प्रचारप्रसार समितिको एउटा कक्ष छ । त्यो कक्षले नै नीति, निर्धारण गर्छ, पोलेसी निर्माण गर्छ र जनताको घरदैलोमा, कार्यकर्ताको घरदैलोमा नेकपा एमालेले अंगिकार गरेका उदेश्य, लक्ष्यहरु, बिकास निर्माण देखि लिएर अनेकौ सवालमा ती कुराहरु जनताको घरदैलोमा राम्रोसँगले प्रचार प्रसार गर्ने काम गर्ने गरेको छ । अहिले प्रचार प्रसारको काम सके सम्म राम्रोसँगले गर्ने प्रयार गरिरहेको छौ ।
६, चुनावको बेला पत्रकारहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईलाई ?
– चुनाबको बेलामा मात्र भन्नुभयो तपाईले, पत्रकारहरु स्वभाविक हिसाबले जनताको पक्षधर हुन्छन् ।
जनताको पक्षधर भएर पत्रकारले आफनो एजेण्डाहरु ल्याउनु पर्छ । स्वतन्त्र भएर जनताको विषय, सामाग्रीहरु ल्याउनु पर्छ भन्ने हो । पत्रकार जनताको पक्षधर हुन्छन् । र त्यसले गर्दा भनिन्छ “पत्रकारहरु स्वतन्त्र हुनु पर्छ ।” स्वतन्त्र हुने हो भने जनतालाई अन्याय परिरहेको छ । भने जनताको पक्षधरता भइएन त्यहाँ स्वतन्त्रत पत्रकारिताको कुनै अर्थ हुदैन ।
हाम्रो देश नेपालको बिरुद्ध भारतले जब अघोषित नाकाबन्दी लगायो । त्यतीखेर नेपाली जन–जनको छाती दुख्यो, चस्कियो । त्यसबेला पत्रकारहरुको पनि छाती चस्कियो, दुख्यो । उता मुलुक अर्कै बाटो तिर जाने अवस्था सृजना भईरहेको थियो। त्यतिखेर पत्रकारले स्वतन्त्र पत्रकारिता गर्छु भनेर मात्र पनि नहुदो रहेछ । जुन पार्टीले मुलुक जोगाउने एजेण्डा ल्याउछ, जुन पार्टीले जनताको गाँस, बाँस, कपासको, सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरणको कुरा ल्याउछ र त्यो एजेण्डा स्थापित गर्न खोज्छ । त्यहाँनेर उसको पक्षमा हामी लाग्दा खेरी कसरी स्वतन्त्र पत्रकारिता। देश भड्खालोमा जान लाग्यो मुलुक जोगाउछु भनिरहेको छ। त्यसको पक्षमा हामी लाग्दा खेरी हामी कसरी पार्टी पक्षमात्र भयौ। त्यसले गर्दा खेरी पत्रकारिता चुनाबका बेला होस वा जुनसुकै बेला होस् राष्ट्र र राष्ट्रियताको सवालमा जनताको जनजीविकाको सवालमा सामाजिक रुपान्तरणमा कुनै पार्टीले खेलेको भुमिका एमाले मात्र नभनौ जुनसुकै पार्टीले राम्रो भुमिका खेलिरहेको छ भने त्यसको पक्षमा हामीले हाम्रो पत्रकारिता, हाम्रो कलम मुखारित हुनुपर्छ । त्यसले गर्दा स्वतन्त्र भन्ने हुदैन हाम्रो भुमिका जस्ले राम्रो गर्छ त्यसको पृष्ठपोषण गर्ने हो ।

७, नेकपा एमालेले कत्तिको मतअन्तरले जित्न भन्ने विश्लेषण गर्नु भएको छ ?
– यस पालीको चुनाबमा जम्मा ७० हजारको मत खस्छ भन्ने अनुमान छ । ७० हजार मतमा स्वतन्त्र यताउताले लगेको भोट, काट्ने भोट बाहेक कुरा गर्ने हो भने नेकपा एमालेले ७ हजारको मतअन्तरले जित्छ । किनभने ७० हजार मत१० हजार मत यताउता साना दलहरुले, स्वतन्त्र उमेरद्धारहरुले लग्या भनेपनि, त्यो मत काटियो भने पनि ६० हजार मत रहन्छ । ६० हजार मतमा नेकपा एमाले ७ हजार मतले अगाडी हुन्छ भन्ने विश्लेषण छ ।
८) धरान आदीबासी जनजातीको सहर उमेरद्धार उठाउदा खेरी चाहि धराने जनताको भावना कदर भएन भन्ने कुराहरु आएका छन् ।
– वास्तवमा धरान जनजातीको सहर हो । धरानमा मेयरहरु ध्यानबहादुर राई, मनोजकुमार मेन्याङ्बो, तारा सुब्बा, तिलक राई हुनु भयो । महिलाहरुको नेतृत्वमा पनि सरकार स्थापित हुनुपर्छ भन्ने हिसाबले यस पाली नेकपा एमालेले महिला उमेरद्धारलाई टिकट दिएर मेयर पदमा महिला उमेरद्धारलाई घोषणा गरेको हो। समावेशीको हिसाबले जनजातिहरुको सहर हो उपमेयर पदमा जनजातिकै समुदायबाटै हुनु हुन्छ । त्यसले गर्दा त्यस्तो केहि आपत्ती जनक कुरा हैन । म सहित ११ जनाको आकांक्षी मेयर पदमा थियौ । स्वभाविक हिसाबमा धरानको सन्दर्भमा जो व्यक्तिलाई ल्याउदा उचित हुन्छ । जसले गर्दा केन्द्र र धरान जोडिन्छ । त्यो हिसाबको अपेक्षा उमेरद्धारप्रति छ । जो उमेरद्धार प्रति विश्वास र अपेक्षा छ । त्यो उमेरद्धारलाई धरानको बिकासको लागि जिताउनु पर्छ भन्ने हो ।

९ अन्तमा आम धरानबासीलाई के भन्नुहुन्छ ?
– आम धरानबासी दाजुभाई, दिदीबहिनीहरु सम्पुर्ण मतदाताहरुमा नेकपा एमाले प्रचार प्रसारको तर्फबाट अनुरोध गर्न चाहन्छु । नेकपा एमालेको एजेण्डा पहिले देखि हेरिरहनु भएको छ, बुझिरहनु भएको छ। नेकपा एमालेले अंगिकार गरेको हरेक विषयहरु चाहे त्यो बिकास निर्माणको कुराहरु हुन् वा चाहे त्यो राष्ट्रियताको विषयमा हुन्, चाहे पारबहनका विषयका कुरा हुन्, चाहे सामाजिक सुरक्षाका कुरा हुन्, चाहे अनेकौ एजेण्डाको विषयमा सबैले नजिकबाट नियाल्नु भएको छ । बास्तवामा नेकपा एमाले नै सहि हुन् भन्ने ठम्याई सक्नु भएको छ । त्यसले गर्दा सम्पूर्ण मतदाताज्युले सूर्य ध्वजाबाहक उमेरद्धारहरुलाई मतदान गरि नेकपा एमालेलाई अत्याधिक बहुमतले विजय गराउनु हुनको लागि हार्दिक अनुरोध गर्दछु ।

कार्की नेकपा एमाले १ नंबर प्रदेश कमिटी सदस्य एवं निर्वाचन प्रचार प्रसार समिति धरानको संयोजक पनि हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 408

प्रतिक्रिया (०)

सम्बन्धित खबर