Aamsanchar

लुम्बिनीमा बन्यो पाँच हजार जना अटाउने सम्मेलन तथा ध्यान केन्द्र

Author Image
मङ्गलवार, वैशाख २७, २०७९

कपिलबस्तु । लुम्बिनीमा निर्माण सम्पन्‍न भएको ५ हजार मानिस अटाउने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते मा उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य समारोहबीच ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सोही दिन भैरहवामा निर्माण भएको देशकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि उद्घाटन हुँदैछ । त्यहाँ कुवेतको जजिरा एयरवेजले विहान सवा ७ बजे पहिलो पटक उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रधानमन्त्री देउवाले नै उद्घाटन गर्नेछन् ।

१७ बैशाख २०१७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेको सम्मेलन केन्द्रको  अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थ नगरले दुई वर्षभित्र सम्पन्‍न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा लिए पनि २ बर्ष ढिलो गरी निर्माण सम्पन्‍न भएको हो ।

समेन्लन केन्द्र निर्माणमा करीव ७० करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर