Aamsanchar

प्रदेश १ सुरक्षा समितिद्वारा झापा जिल्लाका अति सम्वेदनशिल मतदान स्थलको अनुगमन

Author Image
बिहिवार, वैशाख २९, २०७९

झापा । प्रदेश १ सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल र हल्दीवारी गाउँपालिका क्षेत्रको अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।

आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी., स.प्र.ना.म.नि. कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी इटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सगै जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निस्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ(आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर