Aamsanchar

जेसीजले बनाएको नेता बुद्धशान्ति १ वडाध्यक्षमा विजयी

Author Image
सोमवार, जेठ २, २०७९

फायल फोटो ।

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् ।
वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका थिए।
राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका थिए।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष,हुन् । जेसीजको पदिय जिम्मेवारीमा रहदा कुशलता पूर्वक कार्य सम्पादन संगै सामाजिक कार्यमा रचनात्मक काम गरेर आफूलाई स्थानीय नागरिक समक्ष परिचित बनेका थिए । वाग्ले सकारात्मक सोच, नेतृत्व र व्यक्तित्व क्षमता भएका व्यक्तिको रुपमा पनि परिचित छन् ।

वडाध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 598

प्रतिक्रिया (०)