Aamsanchar

ताप्लेजुङकाे पाथीभरा याङवरकमा एमाले विजयी

Author Image
मङ्गलवार, जेठ ३, २०७९

ताप्लेजुङ – पाथीभरा याङवरक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केशरकुमार मेन्याङबो विजयी हुनुभएको छ ।

मेन्याङबो २४ मतका अन्तरले विजयी हुनुभएको हो । उहाँले दुई हजार आठ सय ९८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामकुमार थेवेले दुई हजार आठ सय ७४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि एमालेकै रनमाया गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले तीन हजार एक सय ८६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा माओवादीका कुमार सुब्बा लिम्बुले एक हजार सात सय ९१ मत प्राप्त गर्नुभयो । यसअघिको चुनावमा पनि अध्यक्ष र उपाध्यक्षमा मेन्याङबो र गुरुङ विजयी हुनुभएको थियो ।

गाउँपालिकाको वडा नम्बर १, २, ३,४ र ६ मा एमालेले जितेको छ भने वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर