Aamsanchar

झापामा राप्रपाको पहिलो जित

Author Image
बुधवार, जेठ ४, २०७९

झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् ।

लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन् । उनले एमालेकी शान्तिदेवी गौतमलाई हराएकी हुन् । मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन् । योसँगै राप्रपाको देश भरमा  दोस्रो  पालिका  र  झापामा हल्दिवारी पहिलो पालिका मा  जित भएको छ । यसअघि राप्रपाले काठमाडौको शंकरापुरमा जितेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 530

प्रतिक्रिया (०)

सम्बन्धित खबर