Aamsanchar

कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी,राप्रपा पराजित

Author Image
बुधवार, जेठ ४, २०७९

झापा- झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् ।अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए । तेस्रो भएको माओवादीले जम्मा ६६४ मत पाएको छ ।यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन् । उनले ८११३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी ६८०२ मत पाइन् । तेस्रो भएको माओवादीकी भागीरथा अधिकारीले १२५७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 490

प्रतिक्रिया (०)

सम्बन्धित खबर