Aamsanchar

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

Author Image
बुधवार, जेठ ४, २०७९

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेबाट देबेन्द्रप्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गरे भने उपाध्यक्षमा निर्वाचित खरेललाई ६ हजार ६ सय ३६ मत प्राप्त भएको छ ।

गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएका नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गरे ।
यता उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट की कमला राजवंशीलेलाई ४ हजार १ सय ९५ मत प्राप्त भयो ।

सात वटा वडा रहेको बाह्रदशी गाउँपालिकाको वडा नम्वर १ मा नेपाली कांग्रेसबाट टेकवहादुर सिंह राजवंशी, २ मा भिम वहादुर कार्की, ३ मा टंक साह, ४ मा स्वतन्त्र महताब आलम, ५ मा राप्रपाबाट बीरवहादुर सिंह राजवंशी, ६ मा एमालेबाट रत्न प्रकाश योङ्हाङ्ग र ७ मा नेपाली कांग्रेसबाट भित्रराज भट्टराई निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर