Aamsanchar

कचनकवल गाउँपालिकमा काँग्रेस–एमालेको विजय

Author Image
बुधवार, जेठ ४, २०७९

बनियानी । झापाको कचनकवल गाउँपालिकाका काँग्रेस–एमाले गठबन्धका उम्मेदवारले विजय हासिल गरेका छन् ।

काँग्रेसबाट कालेन्द्रप्रसादसिंह राजवंशी अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा एमाले तर्फका नवराज भट्टराई निर्वाचित बनेका छन् ।

अध्यक्षमा विजयी राजवंशीले प्रतिष्पर्दी राप्रपाका अन्जार आलमलाई ४ हजार ७ सय ९० मतअन्तरले पछीपार्दै विजयी बनेका हुन । उनले ११ हजार ४ सय ५७ मत ल्याए । प्रतिष्पर्दी आलमले ६ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका भट्टराईले राप्रपाकी निमसरी राजवंशीलाई पराजित गरेका छन् । भट्टराईले ८ हजार १ सय ४३ मत प्राप्त गरेर विजयी बनेका हुन् । उपाध्यक्षमा प्रतिष्पर्दी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्रात गरेर उप–विजेता बनेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर