Aamsanchar

अर्जुनधारा नगरपालिकाको पछिल्लो मत परिणाम

Author Image
बुधवार, जेठ ४, २०७९

अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देनलाई प्राप्त मतले अग्रस्थान कायम राखेको छ । । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ८८२ मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् ।

सूर्य चिन्हका गोम्देनले हाल सम्म ७ हजार ६ सय १ मत प्राप्त गरेका छन् भने रुख चिन्हमा कार्कीको ६ हजार ७ सय १९ मत रहेको छ । त्यैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यकुमार खतिवडाले ६ सय ११ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

उता उप–प्रमुखमा एमालेकी खड्गमाया पराजुलीको पक्षमा ७ हजार ४ सय ८३ मत प्राप्त भएको छ । गठबन्धन माओवादीका जितेन योन्जनले ४ हजार २ सय २८ मत बनाएका छन् । राप्रपाकी तारादेवी बस्नेतले ९ सय ३० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 654

प्रतिक्रिया (०)

सम्बन्धित खबर