Aamsanchar

झापा गाउँपालिकाको पछिल्लो पत परिणाम

Author Image
बुधवार, जेठ ४, २०७९

कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थामै रहेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई २५११ फराकिलो मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् ।

रुख चिन्हका साहले हाल सम्म ५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् भने सूर्य चिन्हमा राजवंशीको २ हजार ९ सय ७० मत रहेको छ । त्यैगरी माओवादी केन्द्रका रुद्र बजगाईले २ हजार ३ सय ९१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

उता उपाध्यक्ष पदका उम्मेदवार काँग्रेसकी अन्जुदेवी थपलियाले ४ हजार २ सय ७० मत प्राप्त गरेर अग्रस्थानमा रहेकी छन् । त्यैगरी एमाले तर्फकी उपाध्यक्ष उम्मेदवार देवीमाया अधिकारीले दोस्रो स्थानको मत २ सय ६ सय ४३ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी मुन्नावती गणेशले २ हजार २ सय ७४ मत प्राप्त गरेकी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 612

प्रतिक्रिया (०)

सम्बन्धित खबर