Aamsanchar

विर्तामोड नगरपालिका पछिल्लो मत परिणाम

Author Image
बुधवार, जेठ ४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार पवित्रा महतरा प्रसाईंले अग्रता कायम राखेकी छिन् । पछिल्लो मतगणना परिणाम अनुसार प्रसाईंले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार भोजराज सिटौलालाई १४५१ मतले पछि पारेरकी छिन् ।

प्रसाईंले हालसम्म ९१८८ मत प्राप्त गरेकी छिन् भने सिटौलाले ७७३७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुबकुमार उप्रेतीले ३२६१ मत प्राप्त गरेका छन् ।

उप–प्रमुखमा एमालेका नगेन्द्रप्रसाद संग्रौलाले ९०१५, गठबन्धनका तर्फका उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका चन्द्रप्रसाद कडरिया (सीपी) ले ४८५३ मत प्राप्त गर्दा राप्रपाकी रञ्जु प्याकुरेलले ३९९० मत ल्याएकी छिन् । बिर्तामोड नगरको २३५६९ गणना भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 749

प्रतिक्रिया (०)

सम्बन्धित खबर