Aamsanchar

रोङको अध्यक्षमा सुवास तामाङ विजयी

Author Image
बुधवार, जेठ ४, २०७९

इलाम । इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङवो (सुवास तामाङ) अध्यक्ष पदमा निर्वाचित भएका छन् । स्याङवोले प्रतिष्पर्दी एमालेका मेहेरमान तामाङलाई ३ सय ४७ मतअन्तरले पराजित गरेर विजयी बनेका हुन् ।

रुख चिन्हका स्याङवोले जम्मा ४ हजार ६ सय ५९ मत प्राप्त गरे भने सूर्य चिन्हका तामाङले ४ हजार ३ सय २२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी विष्णुमाया खवास निर्वाचित भएकी छन् । उनले ४ हजार ६ सय ९७ मत प्राप्त गरेकी छन् । प्रतिष्पर्दी कांग्रेसकी कल्पनादेवी खनालले ४ हजार १ सय ९७ मत ल्याएर उपविजेता बनेकी छन् । रोङमा राजनिती दलको भन्दा व्यक्तिको प्रभाव राम्रो देखिएको मत परिणले बताउछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 556

प्रतिक्रिया (०)

सम्बन्धित खबर