Aamsanchar

भद्रपुरमा एमाले पाखा लाग्यो, काँग्रेसले विरासत फर्कायो, जनताले राप्रपामा माया बढाए

Author Image
बिहिवार, जेठ ५, २०७९

भद्रपुर । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।

भद्रपुरको नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । प्रमुख पदमा प्रतिष्पर्दी नेकपा एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् । त्यसै गरी क्रमस् राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी नेपालका समर कुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्र कुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ मत प्राप्त गर्न सफल भएका हुन् ।

त्यसै गरी नगर उप–प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालका नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीका मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनका यमकुमरी लिम्बु ३ सय ३६, मौलिक जरोकिलो पार्टीका कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गर्न सफल भएका हुन् ।

यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ । अघिल्लो चुनावमा एमालेले जितेको थियो ।

भद्रपुर नेपाली काँग्रेसका नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेनद्रप्रसाद लिङदेनको निर्वाचन क्षेत्र हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 598

प्रतिक्रिया (०)