Aamsanchar

गणतन्त्रको शाब्दिक अर्थ

Author Image
आइतवार, जेठ १५, २०७९

गणतन्त्र दिवस
१५ औँ गणतन्त्र दिवसको आजको सँघार मा नेपालको गणतन्त्रको परिवेश यस वर्ष केही विशेष अनि धेरै आशालाग्दो छ । भर्खरै स्थानीय चुनाव मार्फत जन निर्वाचीत उम्मेदवारहरूको सहभागिता एवं उपस्थितिमा अहिले सङ्घीय गणतान्त्रिक नेपालले आफ्नो शासनको डोर आशा फेरि सँगालेको पनि छ ।
गणतन्त्र दिवसको शुभकामना ।

गणतन्त्रको शाब्दिक अर्थ
सुरुवात गर्न चाहयौं गणतन्त्रको अर्थबाट र यहाँ विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनीधी हरुले शासन गर्ने गर्दछन् ।

नेपालमा गणतन्त्र
नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुन कालागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ ।, सङ्घीय स्वरूपमा । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ, नेपाली गणतन्त्र दश वटा वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेकोमा हामी सबै नेपालीलाई बधाई छ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् ।

सहिदको बलिदान
१० वर्षे सशस्त्र द्वन्दमा वीरगति पाएका ती तमाम नेपाली अमर आत्माहरुलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाएर मात्र कदापि हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत अभ्यासले मात्र हुन सक्छ ।

आज के के गरिन्छ ?
आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । स्मरण रहोस् ११ वर्षअघि आजकै दिन गणतन्त्र प्राप्तिको उत्साहमा नेपालभरि ऐतिहासिक दीपावली कार्यक्रम गरिएको थियो । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, यूगौं यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुबै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन् अनि विधिको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकै स्वर भई फैलिउन् । हो म नेपाली हो, नेपाली हुनुमा गर्व छ र यो गर्व शक्ति बनी रहोस् । नेपालीको जय होस्, मेरो नेपालको जय होस् । शुभकामना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 564

प्रतिक्रिया (०)

सम्बन्धित खबर