Aamsanchar

ओशो डिभाइन डोर्स : खुशी र आनन्ददायी जीवन जिउने कलाको अभ्यास

Author Image
सोमवार, जेठ १६, २०७९

हर्कटे। ओशो डिभाइन डोर्सको आयोजनामा तीन दिने ओशो ध्यान शिविर आइतबार राति हर्कटेमा सम्पन्न भएको छ ।
ध्यान शिविरको सहजीकरण ओशो शिष्य स्वामी आत्म निरभले गरेका थिए । शिविर समापनमा पाँच जनाले स्वामी आत्म निरभबाट सन्यास दिक्षा समेत लिएका छन् । आवासीय शिविरमा सन्यासीहरु सहित झापा, इलाम, काठमाडौंबाट आएका विभिन्न पेशा–व्यवसाय र क्षेत्रमा आबद्ध २६ जनाको सहभागिता थियो ।
शिविरमा सक्रिय ध्यान शिविर (डाइनामिक मेडिटेशन) योग प्राणायाम, कुण्डलिनी मेडिटेशन, ओशो उत्सव साँझ, चक्र जागरण लगायतका विधि र कार्यक्रम गरिएको ओशो डिभाइन डोर्सका सञ्चालक स्वामी विकासले बताए ।

मानिसको अस्तव्यस्त जीवनशैली, मानसिक समस्या, शारीरिक स्वास्थ्यमा टेवा पु¥याउँदै खुशी र आनन्ददायी ढंगले जीवन जिउने कला सिकाउनु ध्यान शिविरको मुख्य उद्देश्य रहेको स्वामी आत्म निरभले बताए ।
कोभिडपछि अझ बढ्दो मानसिक र शारीरिक समस्याको सहज समाधानमा ओशो ध्यान शिविरको भूमिका महत्वपूर्ण रहँदै आएको र धेरैले लाभ लिएको उनले बताए ।
तपोवनबाट शिविरको सहजीकरण गर्न आएका स्वामी आत्म निरभ ओशो ध्यान शिविरका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । चीन लगायतका देशमा उनले शिविरको सहजीकरण गर्दै आएका छन् ।

शिविरमा पूर्णतः सहभागीको सक्रियतालाई केन्द्रमा राखेर विभिन्न विधिद्वारा मेडिटेशनसँगै जीवन जिउने विभिन्न कला सिकाइएको थियो ।

‘अह्लाद रिट्रिट : हिलो बिना कमल फुल्दैन (No mud no lotus)’  नाम दिइएको ध्यान शिविर जीवनोपयोगी र अत्यन्त प्रभावकारी भएको सहभागीको प्रतिक्रिया छ । उनीहरुको भनाइ थियो– हरेक मानिसले आफ्नो जीवन बुझ्न र जीवन जीउने कला सिक्न एक पटक ओशो आश्रममा हुने ध्यान शिविरमा सहभागी हुन जरुरी छ । त्यहाँ पुगेपछि कैयौं शब्दमा भन्न नसकिने विषय सहभागीले आफै अनुभव गर्ने र बुझ्नेछन् ।’

ओशो डिभाइन डोर्समा आवासीय रुपमा हरेक महिना कम्तीमा दुईवटा ध्यान शिविर र सहभागीको माग अनुसार साप्ताहिक रुपमा पनि शिविर हुने उक्त ओशो आश्रमकी प्रबन्ध निर्देशक माँ प्रेम क्रान्ति (जेशिका)ले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 617

प्रतिक्रिया (०)

सम्बन्धित खबर