Aamsanchar

दाङमा क्षयरोगको औषधि अभाव

Author Image
शुक्रवार, जेठ २०, २०७९

दाङ – दाङमा क्षयरोगको औषधि अभाव देखिएको छ । सधैंजसो जिल्लामा क्षयरोगका बिरामीहरूले प्रयोग गर्ने औषधि पर्याप्त हुँदैन । यसपटक भने क्षयरोगका बिरामीका लागि सरकारले समयमै औषधि नपठाउँदा जिल्लाका अस्पतालमा औषधि स्टक शून्य भएको छ ।

घोराही, तुलसीपुर, लमहीलगायत सबै क्षेत्रका अस्पतालहरूमा औषधिको अभाव भए पनि क्षयरोगका बिरामीहरू प्रत्यक्ष मारमा परेका छन् । औषधि लिन अस्पताल पुगेका बिरामीहरू औषधि नलिएर फर्कनुपर्ने बाध्यता रहेको छ । विशेषगरी, १४ वर्षसम्मका बालबालिकाहरूले प्रयोग गर्ने एचजेटआर चाइल्ड नामको औषधि अभाव भए पनि बिरामीहरूलाई औषधिविना नै पठाउनुपर्ने समस्या रहेको राप्ती प्रादेशिक अस्पतालका स्टोर इन्चार्ज रेश्मी अधिकारीले बताए । उनका अनुसार अहिले जिल्लाका सबै अस्पतालहरूमा उक्त औषधिको अभाव रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)