Aamsanchar

एमआर संघ मेचीको अध्यक्षमा राजवंशी

Author Image
शनिवार, जेठ २१, २०७९

बिर्तामोड । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडमा शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्र कुमार राजवंशी र ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार यादव र सहकोषाध्यक्षमा पुजा निरौला चयन भएका छन् ।

अधिवेशनले समितिको सदस्यहरुमा आनन्द शाह, भवेशकुमार झा, भूपेन्द्रप्रसाद चौधरी, रोशनकुमार झा, गौशल आचार्यलाई चयन गरेको छ । नवनिर्वाचित समितिले शनिबार नै रोजिन राजवंशी र अभिषेक उप्रेतीलाई सदस्यमा मनोनीत गरेको छ ।

त्यस्तै समितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष तेज कोइराला, पर्शुराम मिश्र र तेज बस्नेतलाई चयन गरेको छ । संघका केन्द्रीय महासचिव सुनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा साविक मेचीमा कार्यरत एक सय ५० सदस्यको सहभागिता रहेको थियो ।

नेपाल र भारतका विभिन्न औषधी कम्पनीमा कार्यरत उनीहरुले पेशागत हकहित तथा सर्वसाधारणलाई औषधीबारे सत्यतथ्य जानकारी दिनका लागि संगठित भएर अघि बढेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 570

प्रतिक्रिया (०)