Aamsanchar

सुरुंगामा पृथक तरिकाले मनाईयो वातावरण दिवस

Author Image
आइतवार, जेठ २२, २०७९

सुरुंगा । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा आज विश्व वातावरण दिवस पृथक कार्यक्रम गरेर मनाईएको छ ।
श्री हरिकुल माध्यमिक विद्यालयको आयोजना र लायन्स क्लव अफ सुरुंगाको सहआयोजनामा आयेजित कार्यक्रममा विद्यार्थी र स्थानिय सामाजिक संघसंस्थाहरुको बाक्लो सहभागीता रहेको थियो ।

बालवालिकालाई वातावरण सम्बन्धि आजकारी दिईयो भने मात्र भावीदिनमा पर्यावरण, वातावरण जोगाउन सकिन्छ भन्ने उदेश्यले आज वृहत सचेतना र्यालीको आयोजना गरिएको आयोजक श्री हरिकुल माध्यमिक विद्यालयका शिक्षक सन्दिप मरासनीले बताए ।

एउटा ट्रकमा वातावरण संरक्षका बारेमा विभिन्न सचेतना चित्र र लेखहरुसहितको र्याली सुरंगा बजार देखि १ किलो मिटर दक्षिम टप्पु भन्ने ठाउँ सम्म पुर्याईएको थियो । बजारका चोक र गल्ली गल्लीमा विद्यार्थीहरुले नृत्य प्रस्तुत र वातावण संरक्षणको बारेमा भनाईहरु राखेका थिए ।

कार्यक्रममा विद्यार्थी नेहा खरेल र खुश्बु ढुङेगेलले मन्तव्य राखेका थिए ।

विद्यार्थीहरुले बनाएका सचेतना सामग्रीहरुको प्रर्दशनीसहित वृक्ष रोपण गरेर कार्यक्रम समापन गरिएको थियो ।

हरिकुलले विभिन्न दिवस र सन्दर्भहरुमा विद्यार्थीहरुलाई भुगोल, समाज, कला र संस्कृतिको बारेमा पनि प्रयोगात्मक ढंगले सिकाउने गरेको छ । यस अघि माटो दिवसमा विद्यार्थीहरुलाई माटो संग खेलाएर माटोको अस्तित्वको बारेमा जानकारी गराईएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
20
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 1468

प्रतिक्रिया (०)

सम्बन्धित खबर