Aamsanchar

विवादमा आएकी राज्यमन्त्री विमला अस्पताल भर्ना

Author Image
बुधवार, असार १, २०७९

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्डर इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए ।

वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर ढकालले बताए ।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।

प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् । श्रोत : अनलाइन खबर

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
5
+1
1
+1
1
+1
0
+1
0
+1
0
Views: 2311

प्रतिक्रिया (०)