Aamsanchar

बाहुनडाँगीमा सातामा एकदिन एमबीबीएस डाक्टरको सेवा

Author Image
बिहिवार, असार २, २०७९

मेचीनगर । गत बैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्वर वडालगायत आसपासका वडावासीले एमबीबीएस डाक्टरको सेवा घर आगनैमा पाएका छन् ।

निर्वाचनका क्रममा वडाध्यक्ष पदका उम्मेद्वार अर्जुनकुमार कार्कीले पटक पटक भन्नुभएको थियो ‘यदि यो वडामा हामीले निर्वाचन जितियौँ भने घर घरमा स्वास्थ्य सेवा लिएर आउछौ ।’ नभन्दैं वडावासीले कार्कीको कुराको विश्वास गर्दै एमालेको प्यानलनै जिताईँ दिए । वडावासीको अमूल्य मतको कदर गदैं वडा सरकारले विहिबारबाट साताको एकदिन एमबिबिएस डाक्टरको सेवा शुरु गरेको छ ।

बाहुनडाँगीमा रहेको स्वास्थ्य चौकीबाट डाक्टर पोषणरमण त्रिपाठीले विरामी जाच्न शुरु गर्नुभएको छ । अहिले साताको एकदिन यो सेवा प्रदान गरे पनि आगामी दिनमा दैनिक सेवा प्रदान गर्ने योजनामा वडा सरकार छ । आफ्नै घर आगनमा एमबीबीएस डाक्टरको सेवा निःशुल्करुपमा सहज र सर्वसुलभ ढंगमा प्राप्त गर्न पाउँदा वडावासी खुशीमात्र छैनन् वडा सरकारको खुलेर प्रशंसा गरेका छन् । ‘स्वास्थ्य सेवा नेपाली नागरिकको नैसर्गिक अधिकार हो ’ वडाध्यक्ष कार्कीले भन्नुभयो— जरी सिहंदरवारको अधिकार गाउँ गाउँमा भनियो त्यसैगरी नागरिकको नैसर्गिक अधिकार पनि वडा वडामा लिएर आयौं । ’

बाहुनडाँगीवासीले यो सेवा लिन झण्डै ९ किलोमिटर काँकरभिट्टा त सिकिस्त भए २६ किलो मिटर टाढा विर्तामोडसम्म धाउनुपर्ने अवस्था थियो । सातामा एकदिनमात्रै भए पनि वडा सरकारले यो सेवा प्रदान गर्न केहीहदसम्म स्थानीयलाई सहज भएको वडा सदस्य पवन वराइलीको भनाई छ । उद्घाटनका दिन ८ देखि १० जनासम्मले सेवा लिइएका थिए । पहिलो पटक गाउँघरमै सेवा दिन पुग्नुभएका डाक्टर पोषणरमण त्रिपाठीलाई स्थानीयवासी, जनप्रतिनिधि, स्थानीय दल, संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले फूलमाला र खादा पहिर्याएर सम्मान गरेका थिए । नेपाली काँग्रेसका सागर कार्की, नेकपा एमालेका प्रविन भण्डारी, नेकपा माओवादी केन्द्रका खगेन्द्र रामदाम राष्ट्रिय प्रजातन्त्र पाटीृका चन्द्रप्रसाद सुवेदीलगायत अन्य संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले यो कामको खुलेरै प्रशंसा गर्नुभएको छ । वडाध्यक्ष कार्कीका अनुसार निकट भविष्यमा प्रयोगशालाको पनि व्यवस्था गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर