Aamsanchar

नेपालमा मंकीपक्सका शंकास्पद बिरामी फेला

Author Image
बिहिवार, असार २, २०७९

काठमाडौं – नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकु भर्ना गरिएको हो ।

“हामीकहाँ मंकीपक्सका शंकास्पद विरामी भनेर आएको छ । अहिले चेकजाँच तथा उपचारको काम भइरहेको छ । अहिले नै भन्न सकिने स्थिति छैन,” शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाी निर्देशक डा. रुणा झा ले भने शंकास्पद भनेर परीक्षणका लागि कुनै नमुना प्रयोगशालामा आइनपुगेको बताएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 597

प्रतिक्रिया (०)

सम्बन्धित खबर