Aamsanchar

दुबईबाट आएका युवकमा मंकिपक्स नएर कुष्ठरोग पुष्टि

Author Image
शुक्रवार, असार ३, २०७९

काठमाडौं : दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ। ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएका अस्पतालका प्रवक्ता डा. किजन महर्जनले  जानकारी दिए। उनका अनुसार कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो। हिजो दुबईबाट नेपाल आएका रसुवाका २६ वर्षीय पुरुषमा मंकिपक्सको जस्तै लक्षण देखिएकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए।

ती युवककोे ढाड र हातमा ‘मंकीपक्स’ भाइरसको जस्तो देखिने राता बिबिरा प्रशस्तै रहेकोले ‘मंकीपक्स’ संक्रमणको आशंका गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर