Aamsanchar

बिर्तामोडमा खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न, बीर अमरसिंह र महेन्द्र रत्न प्रथम

Author Image
शुक्रवार, असार ३, २०७९

विर्तामोड । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका थिए ।

प्रतियोगितात्मक कार्यक्रममा कवितातर्फ बीर अमरसिंह माबि विर्तामोड–२ मा अध्ययनरत छात्र प्रकाश निरौला प्रथम, महेन्द्र रत्न मावि अनारमनीका घनश्याम कार्की दोस्रो, बाल्मिकी एजुकेशन फाउण्डेसनकी शितोष्णा तिम्सिना तेस्रो र न्युटन एजुकेशनका कृष प्रसाई शान्त्वना भएका थिए ।

त्यस्तै निबन्धतर्फ महेन्द्र रत्न अनारमनीकी छात्रा तृष्णा भट्टराई प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसनकी मनिका भण्डारी दोस्रो, मोहनमाया माविकी पुजा पुरी तेस्रो र देवी माविकी रोजु भण्डारी शान्त्वना भएका थिए ।

निबन्ध र कविता प्रतियोगितामा सहभागी १०÷१० जना विद्यार्थी मध्ये उत्कृष्ट चारजनालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा प्रतिष्पर्धामा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

जीवन सुवेदीको संयोजकत्वमा मोक्ष सुवेदी र ठाकुर पोखरेल सदस्य रहेको निर्णायक समितिले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

संस्थाकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, विशेष अतिथि प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौला, साहित्यकार कुमार भट्टराई, साहित्य चौतारी झापाका संस्थापक देवीभक्त श्रेष्ठ लगायतले शुभकामना शुभकामना मन्तव्य राखेका थिए ।

मुना प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन जीवन खड्काले गरेका थिए । सो अवसरमा कुमारी चेम्जोङ लगायतले कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर