Aamsanchar

बिर्तामोडमा लार्भा नष्ट गर्ने अभियान सुरु

Author Image
शनिवार, असार ४, २०७९

झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका विच अभियानको सुरुवात गरीएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सिपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिनु भयो । लापर्वाहि ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उहाँले सिपलाई इमान्दारीताका साथ पालना गर्नु पर्ने बताउनु भयो ।

यस्तै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुले निर्देशनअनुसार काम गर्न आग्रह गर्नु भयो । उहाँले विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने बताउनु भयो ।

यो अभियान असार १७ गतेसम्म सञ्चालन हुने छ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरिक्षक ओमबहादुर खड्काले जानकारी दिनु भयो । वडा नम्बर १मा ४ र ५ गते,वडा नम्बर ५मा ६ र ७ गते,वडा नम्बर ३मा ८ र ९ गते,वडा नम्बर ४मा १० र १५ गते,वडा नम्बर २मा १२ गते,वडा नम्बर ६मा १३ गते,वडा नम्बर ७मा १४ गते,वडा नम्बर ८मा १५ गते,वडा नम्बर ९मा १६ गते र वडा नम्बर १०मा १७ गते विषादी छर्किने तालिका रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारीरुपमा काम गर्ने छ ।

अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 504

प्रतिक्रिया (०)

सम्बन्धित खबर