Aamsanchar

भारतमा कोरोना संक्रमित संख्या बढदो

Author Image
आइतवार, असार ५, २०७९

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराति अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिना पछिको धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर