Aamsanchar

हात्ती खेदाउन जादाँ सर्पको डसाइबाट झापाका एक किशोरको मृत्यु

Author Image
बुधवार, असार ८, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–५ का एक किशोरको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।

गए राती गाउँमा जंगली हात्ती आए पछि हात्ती धपाउन निस्केका १५ बर्षिय किशोर अजित तामाङको बिषालु सर्पले टोकेर मृत्यु भएको हो । सर्पको टोकाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पुर्र्याएर उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुद्धशान्ति खारखोलाका हुन् । उनले यसै बर्ष एसईई दिएका थिए । उनी फुटबल खेलका एक कुसल खेलाडी पनि थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर