Aamsanchar

मेचीनगरमा पाँच दिने आधारभूत स्काउट तालिम शुरु

Author Image
शुक्रवार, असार १०, २०७९

मेचीनगर ।  नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ दिवशिय नगर स्तरीय आधारभूत स्काउट तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय स्काउट मेचीनगरले अरुणेदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले गर्नुभएको थियो ।

तालिम प्राप्त गरीसकेपछि सहभागी शिक्षकहरुले आ—आफ्नो विद्यालयमा गएर स्काउट दल सञ्चालन गर्न सक्षम हुन भन्ने उद्घेश्यले तालिम आयोजना गरिएको स्काउटर दुर्गाबहादुर लुइटेलले जानकारी दिनुभयो ।

नगर स्तरीय तालिम भनिए पनि मेचीनगरसहित रुपन्देही र नवलपरासी जिल्लाबाट समेत तालिममा सहभागी छन् । ३० पुरुष र २४ महिला सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु भुवन सुब्बा खरेल, शिवकुमार पौड्याल,नेपाल स्काउट १ नम्बर प्रदेश संयोजक रवि खनाललगायतले सो तालिममा विभिन्न कोर्षमा तालिम प्रदान गर्नुहुने छ ।

तालिमका कोर्ष लिडरहरुमा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्की र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई हुनुहुन्छ । नेपाल स्काउट , स्थानीय स्काउट मेचीनगर संयोजक रीता थापााको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष तामाङ्ले स्काउटको संगठनात्मक बिकासको लागि मेचीनगर नगरपालिका तथा वडा कार्यालयको तर्फबाट यथेष्ठ सहयोग रहिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले तालिममा सहभागी हुन भएका सम्पूर्ण विद्यालयका प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिदैं नगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने प्रतिबद्धता जनाउनुभयो ।

स्काउट शिक्षाले एक व्यक्तिलाइ असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट आधारभूत तालिम आवश्यक रहेको सहभागीहरुको भनाई छ । आधारभूत स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मेचीनगर स्काउटले तालिमको आयोजना गरेको मेचीनगर संयोजक रीता थापाको भनाई छ । स्काउटर दुर्गाबहादुर लुइटेलले सञ्चालन गर्नुभएको तालिमको औचित्यमाथि प्रकाश सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्कीले पार्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर