Aamsanchar

मेचीनगरमा ५५ जना दाताले दान गरे रगत

Author Image
शनिवार, असार ११, २०७९

मेचीनगर । झापाको मेचीनगरमा शनिबार  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिनुभयो ।

५१ औँ पटक रक्तदान गर्नुहुने प्रणामी युवा निर्मल कोइरालाले उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोग रहेको थियो । सरस्वती आचार्य घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर वडानम्बर— १० का वडाध्यक्ष नारायण खनाल हुनुहुन्थयो ।

श्रीकृष्ण प्रणमी मन्दिर मेचीनगर परिसरमा भएको कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापालाई हस्तान्तरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष कृष्ण बजगाईँ, सत्संग परिषदझापाका अध्यक्ष मिलन बस्नेत, युवा परिषद केन्द्रिय उपमहासचिव सुभाश रिजाल, बाइजुराज झापा अध्यक्ष मीरा ओलीलगायतले रगतको महत्वका बारेमा प्काश पार्नुभएको हो । रगतको मुल्य नहुने र सवैभन्दा ठूलो दान नै रक्तदान भएको उहाँहरुको भनाई थियो । आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उहाँहरुको भनाई छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले समेत रक्तदान गरेको थियो । टहलदास मैनाली, अनिल ढुङ्गाना, मदन अधिकारी, मोहन अधिकारी, डक्टर तिर्थराज आचार्य, दुर्गा खतिवडा, रेनुका डाँगी, सविता भण्डारी, अनिता बंशल, सीता पुरीलगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन शीला सापकोटाले गर्नुभएको संयोजक खनालले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)