Aamsanchar

चारपानेमा वेठी रोपाईं, हिलोमा रमाउने स्वदेशी देखि विदेशी सम्म

Author Image
बुधवार, असार १५, २०७९

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका भवानीप्रसाद राजवंशी र उहाँकी श्रीमती कुमारी राजवंशी आज धेरै खुशी देखिएका थिए । उनिहरु खुसी बन्नुको कारण थियो उनिहरुको खेतमा समुदायले धान दिवस अर्थात असार पन्द्र वेठी रोपाईं कार्यक्रम आयोजना हुनु । त्यस्तै बिर्तामोड घर भई हाल अष्ट्रिेलिया बसवोबास गर्दै आएकी स्वस्तिका प्रधान अष्ट्रिेलियामै जन्मिएका उनका दुई सन्तान अदस्य र अक्षता प्रधानले माटो संग खेलेको दृष्यले त्याहाँ उपस्थित सबैको ध्यान खिचिरहेको थियो । बालबालिकालाई माटो र धान रोपाई बारे जानकारी गराउन दुई बालबालिकाका मामा गौरव श्रेष्ठले त्याहाँ लगेर हिलो खेलाएका थिए ।

हराउदै गएकोवेठी रोपाईलाई जिवन्त दिनको लागि हरेक बर्ष चारपाने–अर्जुनधारा विकास समाजले रोपाई उत्सव गर्ने गरेको छ । यस बर्ष पनि समाजले आफ्नो कार्यक्षेत्र अन्र्तरगत वल्क नंं. ४ स्थित बानालाल मार्गमा राष्ट्रिय धान दिवस कार्यक्रम आयोजना गरेको हो ।

समाजका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा विर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा विर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरिक्षक हेमराज दाहाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक अशोककुमार जवेगु, साहित्य चौतारीका संरक्षक देविभक्त श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय उत्कृष्ट कृषक शान्तिराम निरौलालाई सम्मान पनि गरिएको थियो ।

झरी परेकै अवस्थामा आयोजना भएको कार्यक्रममा एकसय भन्दा धेरैको उपस्थिती रहेको आयोजक संस्थाका प्रकाश विमलीले जानकारी दिए ।

सिंहबाहिनी महिला नौमती बाजा समूहले सौजन्यमा बाजा बजाई दिएको थियो भने कार्यक्रमको प्रायोजन सहारा नेपाल साकोसले गरेको थियो । कार्यक्रमको संचालन आयोजक संस्थाका सचिव भरत भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1401

प्रतिक्रिया (०)