Aamsanchar

प्रदेश १ मा बर्षाको कारण कहाँ कती क्षती भयो ? यस्तो छ विवरण

Author Image
बुधवार, असार १५, २०७९

पूर्वमा अविरत बर्षको कारणले प्रदेश १ का विभिन्न ठाउँमा प्रकोप परेको छ । डुवान, कटानले जनजिवनमा नराम्रो असर पुगेको छ । प्रदेश १ मा कहाँ कती क्षती भएको छ भन्ने बारे यहाँ सम्क्षिप्त जानकारी दिईएको छ । यो विबरण भर्खरै प्राप्त भएकोले उल्लेख भएको जानकारीहरुमा हाल अवस्था परिवर्तन भएको हुन सक्छ ।

यस्तो छ क्षतीको विवरण
चौदण्डिगढि नगरपालिका १० खैराझोडा र सोही ठाउँको वडा नम्बर ९ ज्यामिरे खोलामा आएको बाढिको कारण तत्काल साना तथा ठुला सवारी साधन आवत जावत गर्न नसक्ने, तत्काल सामान्य बर्षा भईरहेको छ ।

कटारी नगरपालिका–१४ वनडाडाँ स्थित सिद्दिचरण राजमार्गमा अविरल बर्षाको कारण माथिबाट पहिरो खसिको कारण बाटो अवरोध भएको थियो । अहिले बाटो सुचारु भएको छ ।
चौदण्ढीगडी नगरपालिका–९ खैराझोडा र ज्यामिरे खोलामा बाढिको कारण बाटो अबरोध भएको ।

नगरपालिका– ९ सिम्सुवा स्थित मुलघाट देखि त्रिवेणी जाने भित्री कच्ची सडक खण्डमा अबिरल परेको बर्षातको कारण वाटो माथी वाट पहिरो झरी २ तर्फी बाटो अवरोध भएको, स्थानिय निकाय संग समन्वय गरी वाटो खुलाउने पहल भई रहेको छ , प्रहरी चौकी मुलघाटबाट टोली खटिएको छ ।

छथरजोरटी गाउँपालिका–२ सल्ले स्थित ईन्द्रबहादुर मगरको ढुङगा माटोले बनेको फुसको छाना भएको गोठ माथिबाट पहिरो झरी गोठ भित्र रहेको ५ वटा बाख्ररालाई पहिरोले पुरेको छ । अबस्थाको बानरेमा बुझन र उद्धारको लागि प्रहरी चौकी छथरजोरपाटीबाट प्रहरी टोली पुगेको छ ।

बराहक्षेत्र नगरपालिका– १ ब्रम्हानन्द खोला स्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा वर्षादको कारण सडक माथीबाट पहिरो झरी अन्दाजी १० मिटर सडक बाटो पहिरोले पुरिन गई सडक अवरोध भएको छ । प्रहरी चौकी बराहक्षेत्रबाट टोली खटिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

दुहवी नगरपालिका–१२ बिराटनगर नोबेल चिमडी ईनरुवा भित्री सडक खण्डको बाङगे स्थित,गढी–३ टेङग्रा खोलाको नजिकमा टेङग्रा खोलाको पानि ओभरफुल भई ठेकाटोला,गढी ३ उराव बस्तीमा पानी पस्दा पानि निकासा हुने ठाँउ नभएकोले बस्ती डुबाउन सक्छ भनि ठेकाटोलाका स्थानिय बासीहरुले जनप्रतिनिधि,प्रसाशन कोही कसैलाई जानकारी नगराई दुहबी १२ मा रोड अन्दाजी २ मिटर र गढी ३ मा ५ मिटर जति रोड काटिएको छ तत्काल बाटो अबरोध रहेछ छ भन्ने प्रहरी चौकी शुक्रबारले जनप्रतिनिधि संग समन्वय गरी उक्त स्थान तर्फ प्रसनि तिर्थराज बन्जरा,ईप्रका छिटाहा बाट प्रनानि लक्ष्मि कुर्मीको कमाण्डमा टोली खटीगएको छ ।

धर्मदेबी नगरपालिका १ महभिर बस्ने अनबहादुर खड्काको गाई गोठ भन्दा अन्दाजी ५० मिटर माथि रहेको कालिका आधारभुत बिद्यालयको ग्राउण छेउमा लगाएको ढुङ्गाको गाह्रो सिहतको आएको पहिरोले गोठ बगाउदा गोठमा बाधेको गाई १ वटा , गाईको बाच्छी १ वटा, बाख्रा २ वटा र खसी १ वटा पहिरोले पुरी मृत्यु भएका छ । अहिले पहरी चाकी मुढेशनिश्चरे बाट प्रहरी टोली खटिएको छ । तत्काल उक्त बिद्यालय जोखिममा नरहेको जानकारी प्राप्त भएको छ ।

कानेपोखरी गाउँपालिका–२ दलेली मा रहेको गेउरिया खोलामा बन्दै गरेको पुलको छेउमा होम पाईप राखी बाटो बनाएकोमा खोलामा पानीको बहाप बढेर होमपाईप बाट माथी पानी बगेकोले

रंगेली कानेपोखरी सडकखण्ड अबरुद्ध भएको । प्रहरी चौकी रमाईलो बाट प्रसनिको कमाण्डमा ५ जना खटिएका छन् ।

इलाम नगरपालिका– ८ माइबेनि स्थित बा ३ क ३९७ नम्बरको दोलखा हाइड्रो पावरको स्काभेटर रोकिइ राखेको अवस्थामा उक्त हाइड्रोपावरको ड्याममा पानी लाने बाँध फुटि पानीको बहाव बढी भइ स्काभेटरलाइ ५० मिटर जति बगाइ खोलाको बिचमा पु¥याएको तत्काल निकाल्न नसक्ने अवस्थामा रहेको छ । मानविय क्षति भने भएको छैन् । प्रसनिको कमाण्डमा प्रहरी टोलि खटिइ गइ स्थलगत मुचुल्ला गर्नुको साथै थप बुझ्ने कार्य भएको छ ।

बर्जु गाउँपालिका–५ गुरुङ र देवता टोल मा टेङग्रा खोलाको पानी ओभरफुल भई बस्तिमा पसेको कारण १५ घर बिस्थापित भएका छन् । परिवार संख्या ५८ जनालाई ईप्रका सितागन्जबाट प्रनानि समेत ७ जनाको टोली खटि गई स्थानिय तहको सहयोगमा सोही सथानको मुसहर भवन र राम जानकी प्रार्थमिक विद्यालयमा स्तानतरण गरिएको थियो ।

ईटहरी उपमहानगरपालिका–५ शिमरवनामा रामबृक्ष चौधरीको घर सिकुमारी खोलाले ईटाको देवाल को गारो लगाएको टिनको छाना भएको एक तले भुई घरको जग खोली उक्त घरको २ वटा कोठा लडेको छ । कोठा भित्र रहेको सामान समेत बगाई लगेको छ । अन्य सामान र उक्त घरका मानिसहरुलाई छिमेकिको घरमा सुरक्षित सारिएको छ । उक्त कार्यमा इलाका प्रहरी कार्यालय इटहरीबाट प्रनाउको कमाण्डमा टोली खटिएको थियो । त्याहाँ (चामल(२५ केजी को ५ बोरा, टिभि थान ३, सिलिण्डर थान २, चुलो थान १,लो–बेड थान १,खाट थान १, भाडा बर्तन,लत्ता कपडा समेत बगाएको तत्काल मुल्य खुलेको छैन् ।

सोताङ गाउँपालिका–५ गैरी गाउँ मा अबिरल बर्षको कारणले सोताङ प्रथामिक अस्पताल सोताङको निर्माणको लागि लगाईकोको अन्दाजी २० फिट लम्बाई बराबरको ढुङ्गा र सिमेन्ट प्रयोग गरि लगाएको गारो भत्किएको छ । सोही ठाउँ बस्ने बर्ष ३३ कि सुनिता राईको ढुङ्गा माटोले बनेको ३ तले घरमा लाग्दा घर लगाएत घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा लगाएत अन्दाजी मुल्य रु. ५० लाख लाख ६५ हजार बराबरको क्षति भएको विवरण प्राप्त भएको छ । ईलाका प्रहरी कार्यालय सोताङ बाट पहरी हवल्दारको कमाण्डमा टोलि खटिएको थियो ।

अविरल वर्षाका कारण आएको बाढिले भद्रपुर नगरपालिका– १० सेति खोला स्थित भित्री सडक खण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने अन्दाजी १२ मिटरको सेती पक्कि पुल बगाएका छ । घटनास्थलमा जिप्रका झापाबाट प्रनानिको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

वर्षाको कारण जिल्ला झापा गौरीगंज गाउँपालिका– १ कुन्जिबारी स्थित हुलाकी सडक अन्तर्गत बनियानी खोलामा रहेको पक्कि पुलको पश्चिम तर्फको मुखको एक साईडको कालोपत्र भन्दा भित्रको आधा भाग खाल्डो परेको छ । कालोपत्र गरेको भाग तत्काल केहि नभएको प्रहरी चौकी कुञ्जिबारिले जनाएको छ । सो ठाउँमा प्रसनिको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिएर ठुलो सवारी साधन आवत–जावतमा रोक लगाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, छ्यापेखोला स्थित मध्य पहाडि लोकमार्गमा अबिरल बर्षाको कारण बाटो माथिबाट पहिरो झरी अन्दाजी १५देखि २० मिटर बाटो अबरुद्ध भएका छ ।
हलेसी तुवाचुङ नगरपालिका– १ कदुवा स्थित मध्यपहाडी लोकमार्गमा रोड भन्दा माथिबाट पहिरो झरी रोड अबरोध भएको छ ।

बुढिगंगा गाउँपालिका– ५ स्थित बुढि खोलामा पानीकोे बहाव बढिभएकोले सोही ठाउँकामा बस्ने सहिदन मियाँको अन्दाजी २५ फिट जग्गा, ट्वाईलेट र टुवेल उक्त खोलाले कटान गरि लगेको छ ।

मानेभन्ज्याङ्ग गाउँपालिका ६ र ७ को बिचमा पर्ने सिद्धिचरण लोकमार्ग सडक खण्डमा भडारे खोलामा बाढिको कारण सडक खाल्डो भएकोले तत्काल सवारी साधनहरु आवत जावतमा अबरोध भएको छ ।
श्रोत प्रदेश प्रहरी कार्यालय विराटनगर

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)