Aamsanchar

झापाको कनकाई–८ मा विरिङ खोलाले बगाउदा एक बालकको मृत्यु

Author Image
शुक्रवार, असार १७, २०७९

लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका वडा नंं. ८ स्थित विरिङ खोलाले बगाउदा आज (शुक्रबार) एक बालकको मृत्यु भएको छ ।

विर्तामोड अतिथि सदन रोडमा घर भई आफ्ना बुवा नविन ओली संग त्याहाँ स्थित रमणिय पार्क घुम्न आएका अन्दाजी बर्ष ६ का सर्वजीत ओली को खोलामा घुवेर मृत्यु भएको हो ।

नदी किरानरमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासी नदिमा गएर हाम फलेपछि नदीले बगाएर करिव ३ सय मिटर तल पुर्याएको स्थानीयले बताएका छन् । बालक डुब्दै गरेको अबस्था देखेर प्रत्यक्षदर्सी स्थानीय एक व्यक्तिले उद्धार गरेर नदी किनारमा निकाल्दा बालककोे मृत्यु भई सकेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

दिउसो १ बजेर ३० मिनेटमा घटना घटेको लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेतले आमसंचारलाई बताए ।

प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर  पोस्टमार्टको लागि पठाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
1
+1
0
+1
13
+1
54
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर