Aamsanchar

मुसुरो दाल निर्यात चालु आर्थिक वर्षको एघार महिनामा सन्तोषजनक

Author Image
बिहिवार, असार २३, २०७९

आयातको तुलनामा निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले वृद्धि

मेचीनगर। सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पछि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चालु आर्थिक वर्ष २०७८/०७९ को एघारमहिनामा सन्तोषजनक पाईएकोछ ।

सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ का साउनदेखि जेठमसान्तसम्म काँकरभिट्टा नाका भएर ४१ करोड ५३ लाख ५२ हजार ५ सय रुपैयाँ मुल्य बराबरको २ हजार ८ सय ६४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ ।

आयातको तुलना निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले बृद्घि भएको छ । कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुका अनुसार त्यो अवधिमा ८ करोड १३ लाख ८ हजार रुपैयाँ मुल्य बराबरको ९ सय ९२ मेट्रिक टनले मुसुरो दाल आयात भएको छ । नेपालले अष्ट्रेलिया र भारतबाट मुसुरो दाल आयात गर्दछ भने बंगलादेश निर्यात हुने सरकारी तथ्याङ्क छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ ।

व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यपार तीनवर्षसम्म खासै सन्तोषजनक थिएन् । दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यावसायीहरुले मुसुरो दाल निर्यातका क्रममा अनिवार्यरुपमा खाद्य प्रयोगशालाको सिफारीश भए पेश गर्नुपर्ने भन्सार अधिकारीहरु बताउछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारीश भए पेश गरे पछि निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर वाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकारीहरुको भनाई छ ।

तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो विशेषगरी बंगलादेश मात्रै निर्यात हुने गरेको छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरुको भनाई छ । बंगलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महशुल बुझाउनु नपर्ने ,निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुदाँहुदैं नेपालले बंगलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा काँकरभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष २०७६÷०७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा मसुरो दालको निकासीमा केही बृद्घि भएपनि आर्थिक वर्ष २०७६/०७७ मा निकासी हवात्तै घट्ेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बंगलादेश निकासी गरेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बंगलादेश निर्यात भएको थियो ।

यता नेपालमा उत्पादित दालले नेपाली बजार धान्न नसकेका कारण अधिकाँश बजार भारतबाट आयतित दालले ओगटेको नेपाली व्यवसायीहरुको भनाई छ । मुख्यःत भारतबाट दाल आयात हुने भएपनि नेपालमा उत्पादित दाल बंगलादेश निर्यात हुने गर्छ । नेपालमा उत्पादित दाल गुणस्तरीय र स्वादिष्ट हुने भएकाले पनि बंगलादेश बढी निर्यात हुदैं आएको व्यवसायीहरुको भनाई छ । नजिक पर्ने भएकोले बंगलादेशले सकेसम्म दाल आयात गर्न चाहेको नेपाली दाल व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाकी सवै निर्यात हुने गरेको छ ।

दाल निर्यातले नेपालको बजारलाई नकरात्मक असर पारेको भन्दैं नेपाल सरकारले नेपालमा प्रयोग हुने सात प्रकारका दालको निकासीमा केहि बर्षअघि परिणात्मक प्रतिबन्ध लगाएको थियो । नेपालमा दालको उत्पादन कम भएका बखत नेपालमा उत्पादित दाल नेपालमै खपत होस भन्ने उद्देश्यले नेपाल सरकारले दाल निकासीमा परिणात्मक प्रतिबन्ध लगाएको नेपाली व्यवसायीको भनाई छ ।

छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंकाले नेपालसंग दाल निर्यात खुला गरिदिन आग्रह गरे लगत्तै केहि महिनामै नेपालले नेपालको बजारलाई नकरात्मक असर नपर्ने गरी मुसुरो दाल निकासीको अनुमति दिने प्रक्रिया सुरु गरेको थियो । नेपाली व्यवसायीहरुले पनि मिलमा मुसुरोको दाल थुप्रिएको भन्दैं प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गदैंँ सरकारले प्रतिबन्ध खुला गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 532

प्रतिक्रिया (०)

सम्बन्धित खबर