Aamsanchar

दुबईमा दुर्गा प्रसाईं समक्ष नेपाली कामदारहरुको हारगुहार

Author Image
बिहिवार, असार २३, २०७९

झापा । व्यवसायिक सिलशिलामा दुबई पुगेका झापाका मेडिकल व्यवसायी तथा एमाले केन्द्रिय सदस्य दुर्गा प्रसाईंलाई त्याहाँ स्थित नेपाली कामदारहरुले भेटेका छन् । भेटनमा उनिहरुले विभिन्न कारणले दुबईमा मृत्युवरण गरेका नेपाललीहरुको शव कानुनी अड्चनका कारणले नेपाल पठाउन सकिएको छैन, बषौं देखि नेपालमा आफन्तहरु कहिले शव नेपाल आउला भनेर पिंडा सहदै पर्खिएर बसेका छन् । नेपाल सरकारले पहल गरिदिएन तपाईंले शव नेपाल पठाउन दुबई सरकार संग सहजीकरण गरिदिनु भन्दै नेपालीहरुले प्रसाईंलाई भेटेको दुर्गा प्रसाईं संगै गएका प्रोमिश गिरीले आमसंचारलाई बताए ।

दुबईमा मेडिकल कलेज खोल्ने घोषणा गरेका प्रसाईं सोही सिलशिलामा दुबर्ई पुगेका हुन् ।  प्रसाईंले आफूले सकेको सहयोग गर्ने बचन दिएका छन् । उनले नेपाल पठाउन नसकिएको १६ वटा सवलाई नेपाल पठाउन पहल पनि सुरु गरेको गिरीले बताए ।

साहुको ऋण लिएर घर जग्गा बेची घरपरिवारलाई छोड्दै नेपालको बिमानस्थलमा भक्कानिदै बिदेश गएका कयौं नेपाली दिनहुँ जस्तो देखिन्छन् बिदेशमा दुःख गरेर स्वदेशमा परिवार संग खुसी जीवन बिताउने सपना देख्ने नेपालीहरु जब बिदेश पुग्छ्न कति त बिचौलियाको फन्दामा फस्छ्न कति भने ठग मेनपावरको फन्दामा परेर एक काम भनेर अर्को काममा पठाउने, एक देश भनेर अर्को देशमा पुर्याउने, थाहा नभएकालाई झुक्याएर भिजिट भिजामा पठाउने, चर्को रकम असुल्ने अनि अलपत्र पारिदिने गरेको एनआरएनए दुबईका युवा संयोजक भिम मल्ल ठकुरीले बताए ।

Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर