Aamsanchar

विराटनगरमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Author Image
बिहिवार, असार २३, २०७९

विराटनगर । स्थानीय युवा, स्काउट तथा स्वयमसेवकहरुसंगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित दुई दिवसिय कार्यक्रमको समापन विहीबार प्रदेश १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गनुभएको हो ।

कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिचालन गर्न सरकारकै श्रोत साधनले जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्काउटलाई राजनीतिकरण नगरि विशुद्ध सामाजिककार्य, सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्धघाटन बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गर्नुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकहरुले स्काउटले स्काउटका मर्म भावना अनुसारका काम गरि आफु मर्यादित भएर सभ्य समाज हुँदै सुमन्नत समाज निर्माण गर्नुपर्ने बताएका छन् ।

Views: 630

प्रतिक्रिया (०)

सम्बन्धित खबर