Aamsanchar

हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसङ्ख्या

Author Image
सोमवार, असार २७, २०७९

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो । हाल विश्वमा करिब ८ अर्बभन्दा धेरै जनसङ्ख्या रहेको राष्ट्र सङ्घको एक अध्ययनले देखाएको छ । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिएको छ ।

एउटा आदर्श विश्वको परिकल्पना
एक आदर्श संसारमा, ८ बिलियन मानिसहरू सहित अधिकार र विकल्पहरूद्वारा सशक्त स्वस्थ समाजहरूको लागि ८ बिलियन अवसरहरू हुनपर्दछ । लैङ्गिक, जातीय, वर्ग, धर्म, यौनिकता, अपाङ्गता र उत्पत्तिको आधारमा अन्य कारकहरू मध्ये, धेरै अझै पनि भेदभाव, उत्पीडन र हिंसाको सामना गरिरहेका छन्। ८ बिलियन जनसङ्ख्या मध्य अधिकांशलाई पछाडि छाडेर विश्व अगाडि बढ्न सक्दैन, विश्व जनसङ्ख्या दिवसमा एक आदर्श विश्वको परिकल्पना गर्दै समानता र अवसरको बिकेन्द्रिकरणलाई जोड दिइन्छ । अझ यस वर्षको जनसङ्ख्या दिवसमा सुरक्षा, रोजगारी र शिक्षा खोज्दै विश्वका अन्य विकसित देशहरूमा जाने आप्रवासी जनसङ्ख्या को समानता र अधिकारको पनि पैरवी गरेर मनाइदै छ ।

वार्षिक २७ करोड जनसङ्ख्या रोजगारीको खोजीमा एक देशदेखि अर्को देशमा जाने गरेका आइएलओको प्रतिवेदनमा उल्लेख छ । जसमा दैनिक विश्वभर शिक्षा, रोजगार र अन्य अवसरको खोजीमा वार्षिक ४० करोड जनसङ्ख्या स्थानान्तरण हुने गरेका छन् । र यस सख्याँमा ४५ प्रतिशतभन्दा बढी चाहिँ सार्क देशबाट जाने क्रियाशील जनसङ्ख्या को योगदान छ । सार्क राष्ट्रको सदस्य राष्ट्र नेपालमा हामीले आफ्नो समाज र परिवारमा नै यस कुरा देखेकै छौं । आज विश्व जनसङ्ख्या दिवसमा एउटा आदर्श विश्वमा सबैका लागि समान अवसरहरूको पैरवी गरिँदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर