Aamsanchar

पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा काेराेना संक्रमण

Author Image
सोमवार, असार २७, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार २० जनाको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ३७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात सय ७० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच थप ३५ हजार चार सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)