Aamsanchar

साहित्य चौतारीले २३ औं स्थापना दिवस संगै भानु जयन्ती मनाउने, संगीत गुरु कुशेश्वरलाई सम्मान गर्ने

Author Image
सोमवार, असार २७, २०७९

विर्तामोड । झापा विर्तामोडमा रहेको साहित्य चौतारी झापाले आफ्नो २३ औं वार्षिकोउत्सको अवसर पारेर २०९ औं भानु जयन्ती पनि मनाउने भएको छ ।

२०५६ साल असार ३१ गते राष्ट्रकवी माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारीले हरेक बर्ष स्थापना दिवसको दिन आदीकवी भानुभक्त आचार्यलाई स्मरण गर्दै विभिन्न साहितिक कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष पनि यही असार ३१ गते आफ्नै कार्यालय हिकोला हेरिटेज होटल रहेकोे भवनमा साहितिक तथा श्रस्टा सम्मानको कार्यक्रम आयोजना गर्नेे आज (सोमबार)आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाकी सचिव खगेन्द्रा खुसीले बताईन् ।

महिलाद्वारा संचालित नौमती बाजा, लाखे नाँचलयागतका झाँकीसहित विर्तामोड बजार परिक्रमा गरेर विहान १० बजे कार्यक्रम सुरुहुने विज्ञप्तीमा उल्लेख छ ।
यस बर्ष पूर्व क्षेत्रका शास्त्रीय संगीतका वरिष्ठ प्रशिक्षक कुशेश्र राईलाई विशिष्ट संगीत सम्मान अर्पण गरिने भएको छ ।

स्व. भिमबहादुर–पञ्चकुमारी श्रेष्ठ, स्व. धनमाया विमलीको स्मृतिमा स्थापना गरिएको साहित्य चौतारीले साहित्य, संगीत र कलाको क्षेत्रमा विभिन्न कार्यक्रम गरेर नव प्रतिभाहरुको क्षमता प्रस्फुटन, सम्बद्र्धन गर्ने काम गर्दै आएको, चौतारीको आगामी योजनाहरुमा रजत बर्ष मनाउने, रजत बर्ष महोत्सव स्मारिका प्रकाशन गर्ने, खेलकूद पुरस्कार (झापा गोल्डकप अन्र्तगत रु पाँच लाखको अक्षयकोषलाई कार्यन्वय गर्ने, मासिक सांगीतिक काव्य सभालाई निरन्तरता दिने, सम्मान र पुरस्कार कार्यक्रम गर्दैजाने साहित्य चौतारीका संरक्षक देविभक्त श्रेष्ठले बताए ।

बार्षिकोत्सव तथा भानु जयन्ती कार्यक्रममा ख्याती प्राप्त लोक तथा दोहोरी गायक देवीप्रसाद गौतमको प्रमुख आतिथ्यता रहने, यसैगरी विशिष्ट अतिथिहरुमा गीतकार शिवशंकर थापा, साहित्यकार कोमलप्रसाद पोखरेल, संगीतकार जीवन अधिकारी, साहित्यकार पुण्यप्रसाद खरेल, प्राज्ञ सुभद्रा भट्टराई अर्याल, पूर्व अध्यक्ष साहित्यकार टंक विकल्प काफ्लेको आथित्यता रहने कार्यक्रम संयोजक संस्थाका संगीत उपाध्यक्ष दिपक रायामाझीले बताए ।

पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता उपाध्यक्ष रायामाझीले गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता संरक्षक देविभक्त श्रेष्ठले गरेका थिए । कार्यक्रमा स्वागत संस्थाका साहित्य उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए भने संचालन सचिव खगेन्द्रा खुसीले गरेकी थिईन् ।

स्व. जे.बि.आले, स्वर सम्राट नारायण गोपाल, साहित्यकार तथा पत्रकार डिकमान विरही, संस्थाका संरक्षकद्वय देवीभक्त श्रेष्ठका ससुरा बुवा र उर्मिला श्रेष्ठका विमलीमा बुवा जगन्नाथ बिमली, फत्तेमान गायक राजभण्डारीको स्मृतिमा पुरस्कारहरु पनि स्थापना गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)

सम्बन्धित खबर