Aamsanchar

देशभर एकैदिन २०६ जनामा काेराेना संक्रमण पुष्टि

Author Image
बुधवार, असार २९, २०७९

काठमाडौं : नेपालमा फेरि कोरोना संक्रमण उकालो लाग्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज बुधबार एकैदिन २०६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार ५ पुगेको नयाँ संक्रमितको संख्या २०६ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर