Aamsanchar

कांग्रेस केन्द्रीय सदस्य पराजुलीद्वारा प्रदेश खारेजी र हिन्दु राष्ट्र कायमको माग

Author Image
बुधवार, असार २९, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दु राष्ट्र कायम गरी संघीयता खारेज गर्नुपर्ने माग गरेका छन् ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाउनुपर्ने माग गरेका हुन् ।

बैठकमा लिखित रूपमा आफ्नो भनाइ राखेका पराजुलीले वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने विवादास्पद एजेन्डा अघि सारेका हुन् । यो एजेन्डाले कांग्रेसलाई नै हित गर्ने भन्दै उनले यसको लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।

मंगलवारको बैठकमा पराजुलीसहित प्रकाश स्नेहीले हिन्दुराज्यको एजेन्डा बोकेर कांग्रेस जानुपर्ने बताएका हुन् । पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्नुपर्ने बताएका छन् । उनले प्रदेशलाई थप बलियो बनाउने विकल्प पनि अगाडि सारेका छन् ।

मङ्गलवारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरुरी रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)