Aamsanchar

बिर्तामोड नगरपालिकाद्वारा तिन जना शिक्षक पुरस्कृत, २२ जना नितृतलाई सम्मान

Author Image
बिहिवार, असार ३०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक,कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभुत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनक बहादुर थापालाई सम्मान गरीएको हो । सम्मानित हुने तिनै जनालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यामुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान पत्रसहित जनहि ५० हजार रुपैयाँले सम्मान गर्नु भयो । उत्कृष्ट शिक्षकककारुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना,आधारभुत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षक मध्येबाट उत्कृष्ट ३ जना छनोट गरीएको हो । यसको छनोट मुल्याङ्कन समितिमा उमानाथ ओली,युवराज पाण्डे र इन्द्र मुखिया रहनु भएको थियो ।

यस्तै २०७६ साल भदौ २३ गते यता सेवा निवृत भएका २२ जना शिक्षकलाई पनि सम्मान गरीएको छ । सम्मानि हुने सेवा निवृत शिक्षक तथा कर्मचारीहरुमा पञ्चतत्न माध्यमिक विद्यालयका उमानाथ प्याकुरेल,ज्ञानुनाथ मैनाली,डम्बर देउजा, रङ्गलाल बराईली, महेन्द्रज्योती माध्यमिक विद्यालयका ऐतबहादुर तुम्रुक लिम्बु, देवकोटा आधारभुत विद्यालयका मुकुन्द रेग्मी,शान्ता उप्रेती, शुक्रराज आधारभुत विद्यालयका सोना घिमिरे,लेखराज काफ्ले, महेन्द्ररत्न माध्यमिक विद्यालयका चन्द्रशेखर पौडेल, पद्यमादेवी उप्रेती,भक्तिदेवी खपाङ्गी, दुर्गा माध्यमिक विद्यालयका रामप्रसाद अधिकारी,दुर्गाप्रसाद सुवेदी, खिलप्रसाद शिवाकोटी, वीर अमरसिंहका पदमबहादुर विष्ट, देवी माध्यमिक विद्यालयका गीता अधिकारी, मोहनमाया माध्यमिक विद्यालयका गजेन्द्रप्रसाद न्यौपाने,भवानीप्रसाद राजवंशी, लक्ष्मी आधारभुत विद्यालयका खगेन्द्रप्रसाद पकुवाल,गोपाल खनाल र शहीद लक्ष्मी आधारभुत विद्यालयका तुलसीराम गौतम रहनु भएको छ । सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरीएको थियो ।

कार्यक्रममा कक्षा १ र २ को आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको पनि विमोचन गरीएको छ । पुस्तकको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विमोचन गर्नु भयो । बिर्तामोड नगरपालिकाले यस अघि कक्षा ३ देखि ८ सम्म अनिवार्यरुपमा आचरण सचेतना शिक्षा लागु गरेको छ । कार्यक्रममा शिक्षक संगठन तथा विभिन्न संघ संस्थाका प्रतिनिधि,शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)