Aamsanchar

विर्तामोडको बुट्टाबारी–प्याकुरेल चोक सम्म अन्तर्राष्ट्रिय स्तरको सडक बन्ने

Author Image
शुक्रवार, असार ३१, २०७९

प्रतिकात्मक तस्वीर ।

बिर्तामोड ।  बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेसंगै सडक निर्माणको पक्रिया अघि बढाइने भएको हो ।

बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाबाट प्राप्त bid document र ६२ करोड ९१ लाख ३० हजार ७३ रुपैयाँ मुल्य बराबरको कस्ट स्टीमेट, कार्यालय भौतिक तथा मुल्यसमेतको कन्टीजेन्सी सहित कुल ७६ करोड २७ लाख ५० हजार ६२० रुपैयाँमा अन्तराष्ट्रिय स्तरको वोलपत्र आव्हान गर्ने निर्णय गरेको छ ।

६ हजार २ सय ५८ मिटर लामो उक्त सडक खण्ड अन्तराष्ट्रिय स्तरको बन्ने भएको हो । ७ मिटर चौडाई, त्यसको दुवैपट्टी २÷२ मिटरको पक्की नाला र त्यसमाथि पैदलयात्रुको सहजताका लागि पेवर्स ओच्छ्याउने इन्जिनियर डिल्ली गौतमले जानकारी दिनु भयो ।

यस सडक खण्डमा ६२९ वडा सडक बत्ति राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा विरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् । सडकको ठेक्का संझौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न हुने जनाइएको छ ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
21
+1
1
+1
2
+1
3
+1
5
+1
2
Views: 9

प्रतिक्रिया (०)