Aamsanchar

कनकाईको ११ औं नगरसभा सम्पन्न, कर्मचारी,पत्रकारलाई सम्मान

Author Image
शुक्रवार, असार ३१, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले  ११ औं नगरसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ ।

नगरले ११ औं सभाका लागि छैटौं पटक बैठक बसेर आज (शुक्रबार) औपचारिक रुपमा नगरसभा समापन गरेको हो । सभाले नीति तथा कार्यक्रम पारित संगै सम्मान कार्यक्रम पनि गरेको थियो ।

नगरले उपभोक्ता समिति, उत्कृष्ठ करदाता, स्थानीय निर्वाचन सम्पन्न गराउने कर्मचारीहरु, कनकाई नगर प्रसाशनिक भवन अनुगमन समिति, पूर्व जनप्रतिनिधी, कर्मचारी र पत्रकारहरुलाई सम्मान गरेको हो ।

नगरले पूर्वाञ्चल दैनिकका तिर्थराज खरेल, राष्ट्रिय समाचार समिति मेची प्रमुख अम्बिका भण्डारी, आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डेलाई जनही नगद ५ हजारका दरले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको छ । त्यसैगरी सामाजिक संजाल मार्फत नगरका गतिविधी पोष्ट गर्ने दिपेश प्रसाईं र मदन संग्रौलालाई पनि सम्मान गरेको थियो ।

कर्मचारी तर्फ प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद न्यौपाने, अधिकृत छैठौं कुलबहादुर गुरुङ (पशुसेवा), सहायक पाँचौं अनुपराज रेग्मी (वडा न. ३ वडा सचिव), सहायक पाँचौं मनिता राई (योजना शाखा), अनमी अस्मिता गुरुङ (आधारभूत स्वास्थ्य केन्द्र वडा नं. २), अनमी कोपिला अधिकारी ( आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६), याम अधिकारी (चालक), रुपा बस्नेत (कार्यालय सहयोगी वडा नं.४), निर्मला बास्कोटा (कार्यलय सहयोगी वडा नं.५) लाई सम्मान गरिएको थियो ।

उपभोक्ता समिति तर्फ शान्ति मार्ग निर्माण समिति वडा नं ३/४, उत्कृष्ठ कृषक तर्फ भिम सुब्बालाई सम्मान गरिएको छ ।
उत्कृष्ठ करदाता तर्फ सबै भन्दा धेरै घर वहाल कर तिर्ने शनराईज बैंक, घर नक्सा पास दस्तुर तिर्ने उत्कृष्ठ करदाता शिरिर पोखरेल, त्यसैगरी सबै भन्दा धेरै सम्पती कर तिर्ने कृष्णकुमार गिरी र प्रेमकुमार गिरीलाई नगरपालिकाले सम्मान गरेको हो ।

कनकाई नगर प्रशासनिक भवन निर्माण अनुगमन, सुपरिवेक्षण संयोजक लक्ष्मीप्रसाद ओली, सदस्यहरु रोशनराज पोखरेल, सितादेवी अधिकारी, कुशल हुमागाईं, उमानाथ ढकाललाई सम्मान गरिएको र सोही अवसरमा भवन निर्माण व्यवसायी रमेश सेडाईलाई सम्मान गरिएको थियो ।

स्थानिय निर्वाचन गराउन खटिएका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा विवेक पाठक, भोजराज आचार्य, लक्ष्मीप्रसाद अधिकारी, अमित कटुवाल, गोपाल अधिकारी, मिरादेवी कर्मचार्य रहेका छन् ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उप–प्रमुख आशा शिवाकोटीले स्वागत गरेकी थिईन् ।

कार्यक्रममा निवर्तमान कार्यपालिका सदस्य सीता अधिकारी, लेखा समिति संयोजक भगन टुडु, कार्यपालिका सदस्य सावित्रा वर्देवा, वडा नंं ८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल, वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाईं, निवर्तमान उपप्रमुख मञ्जु प्रसाईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर