Aamsanchar

गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि

Author Image
आइतवार, साउन १, २०७९

इलाम – एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो । हाल इलाम अस्पतालमा दैनिक करिब २ सयको संख्यामा बिरामी आइरहेको इलाम अस्पतालले जनाएकाे छ । बिरामीको चाप बढेका कारण उपचारमा समेत समस्या भएको छ । निश्चित जनशक्तिले सेवा दिनुपर्दा समस्या भएको बताइएको छ ।

खास गरेर इलाम अस्पतालमा रुघाखोकी, ज्वरोका बिरामी बढी आउने गरेकाे इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले जानकारी दिनुभएको छ । गर्मी र बर्खायाममा आउने दूषित पानीका कारण बिरामीको संख्यामा वृर्द्धि भएको हुन सक्ने उहाँले बताउनुभयाे । असार महिनामा गर्मी बढेका कारण पनि बिरामीको संख्यामा वृद्धि भएको हो ।

पानी पर्ने सीजनमा पानी नपरी घाम लाग्दा पहाडी जिल्लाहरूमा समेत गर्मी बढेको छ । इलाम अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएका कारण पनि उपचारमा समस्या भएको इलाम अस्पताल ब्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । इलाम अस्पताल लगायत जिल्ला भरकै निजी मेडिकल तथा अस्पतालहरूमा बिरामीको संख्यामा वृद्धि भएको छ । बिरामीको संख्या बढेसँगै बेडहरू भरिएका छन् । विशेषगरि बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ ।

प्रसस्त मात्रामा पानी पिउनु पर्ने र मास्कको प्रयोग र भिडभाडबाट जोगिन समेत चिकित्सकहरूले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर